आफ्नो समयमा निकै ख्याती कमाएका “स्पार्टाकस” र “पाथ्स् अफ ग्लोरी” जस्ता चलचित्रमा उनले मुख्य भूमिका निर्वाह गरेका थिए।
सन् १९४० को दशकको अन्त्यतिर उनले अभिनय गरेका चलचित्रहरु औधि रुचाइएका थिए। उनले अभिनयका अलावा फिल्म निर्माता र निर्देशकको शसक्त भूमिकामा पनि काम गरे। करिब छ दशकको कलायात्रामा उनले करिब १०० वटा चलचित्र निर्माण गरे।
उनका छोरा एवं ओस्कार विजयी कलाकार तथा फिल्म निर्माता माइकल डग्लसले आफ्ना पिताको निधन बेभर्ले हिल्समा आफ्नै निवासमा भएको बताएका छन्। एएफपी
प्रतिक्रिया