ad ad

कारोबार


हुवावेको वाई एस मोबाइल सार्वजनिक, मूल्य १५ हजार

हुवावेको वाई एस मोबाइल सार्वजनिक, मूल्य १५ हजार

नेपालखबर
माघ २३, २०७६ बिहिबार ११:१५,

हुवावेले आफ्नो लोकप्रिय वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोनमा ह्वावे वाई एस सार्वजनिक गरेको छ। वाई सिक्स एसको ६.०९ ईन्चको एचडी डिस्प्ले, शक्तिशाली कार्यक्षमता र बढाइएको मेमोरी क्षमतासहित यो स्मार्टफोन निकै आकर्षक रहेको छ।

वाई सिरिजअन्तर्गतका अघिल्ला स्मार्टफोनहरूजस्तै वाई सिक्स एस सुलभ दाममा खरिद गर्न सकिने, सर्वोत्कृष्ट गेमिङ तथा फोटोग्राफी विशेषता र विशिष्ट अडियो तथा भिडियो विशषेताहरू रहेका छन् । वाई सिक्स एस  कालाे र निलाे रंगहरूमा उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ। ह्वावे वाई सिक्स एसमा ३ जीबी मेमोरी, ६४ जीबी स्टोरेज क्षमता र ५१२ जीबीको मेमोरी कार्ड राख्न मिल्ने सुविधा पनि रहेको छ ।

ह्वावे वाई सिक्स एसमा हार्डवेयर तथा सफ्टवेयरको सर्वोत्कृष्ट समायोजन रहेको छ। यसमा बिस्तारित २.३ जीएचजेड लार्ज कोरहरूसहितको नयाँ अक्टा–कोर प्रोसेसर र इन्टेलिजेन्ट ईएमयूआई ९.१ सिस्टममा संचालन हुन्छ। ब्याकग्राउन्डमा चल्ने सिस्टम क्यासलाई स्वतः हटाउँछ । जब स्मार्टफोनको स्टोरेज ३० प्रतिशतभन्दा तल झर्छ तब सिस्टमले आफैँ प्रयोगकर्तालाई अनावश्यक फाइलहरू हटाउन रिमाइन्ड गर्दछ। ईएमयूआई ९.१ ले सजिलै चलाउनका लागि नेभिगेशन जेस्चरहरूको पनि सुविधा प्रदान गर्दछ ।

वाई सिक्स एसको १५६०X७२० रेजलुशनसहितको ६.०९ ईन्चको एचडी डिस्प्ले रहेको छ। यसमा रहेको फ्रन्ट क्यामरा, एम्बियन्ट लाईट सेन्सर, सुपरस्लीम रिसिभरसबै सानो आकारको नोचमा रहेको छ । वाई सिक्स एसमा उत्कृष्ट भ्यूइङ्ग अनुभव प्रदान गर्दछ । वाई सिक्स एसमा आँखाका लागि सहज हुने विशेषता आई कम्फर्ट मोड रहेको छ र यसको लो ब्लु लाईटका लागि टियूभी रेइनल्यान्डबाट प्रमाणित भएको छ। यसले घातक ब्लु लाईटलाई फिल्टर गर्दछ र इन्टेलिजन्ट तरिकाबाट कलर टेम्परेचर एड्जष्ट गरी दृष्टि थकान हुन दिँदैन।

ह्वावे वाई सिक्स एसमा भएको १३ एमपी रियर क्यामराले हाई रेजलुसनसहितको एकदमै स्पष्ट फोटो खिच्ने गर्दछ। यस स्मार्टफोनमा भएको एफ १.८ एपर्चर लेन्सले सुधारिएको लाइट सेन्सिभिटी रहेको छ, जसमा अन्य बजेट फोनहरू भन्दा निकै उत्कृष्ट क्षमता रहेको छ ।

ह्वावे वाई सिक्स एसमा ८ एमपीको फ्रन्ट क्यामरा रहेको छ। स्क्रीन लाईटयुक्त यस स्मार्टफोनमा फोटोग्राफीका हिसाबले सबैभन्दा अनुपयुक्त अवस्थामा पनि क्यामराको क्षमतालाई बढाई उत्कृष्ट फोटो खिच्ने गर्दछ।

ह्वावे वाई सिक्स एसमा रहेको सुपरसाउन्ड टेक्नोलोजीले यसमा रहेको स्पीकर भोल्युमलाई ६ डीबीले बढाउँछ र साउन्डको प्रेसर लेभललाई बढाउँछ। यसमा युनिक अडियो सिस्टम डिजाइन र सुपरलिनियर स्पीकरले रिच बेससहितको रोबोस्ट म्युजिक र सियरिङ अल्टोले उत्कृष्ट साउन्ड अनुभव प्रदान गर्दछ।

ह्वावे वाई सिक्स एसमा ३०२० एमएएच ब्याट्री जडित छ। यसमा भएको एआई पावर सेभिङ टेक्नोलोजीले ब्याट्री लाईफलाई टिकाउ बनाउँछ । यस स्मार्टफोनमा भएको फेस अनलकिङ र फिङ्गर प्रिन्ट सुविधाले प्रयोगकर्ताको सूचनालाई रक्षा गर्दछ । फेस लकले इन्टेलिजेन्ट रुपमा लो–लाइट अवस्थामा सजिलै प्रयोगकर्ताको अनुहार पहिचान गर्दछ।

३ जिबीं ६४ जिबीयुक्त ह्वावे वाई सिक्स एसको बजार मूल्य रुपैयाँ १४,९९० तोकिएको छ र यो नेपालभर उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .