तेलुगु फिल्म ‘पुष्पा’ हिट अभिनेता अल्लु अर्जुनको माग निकै छ। पुष्पाको सफलतापछि अल्लुले ब्रान्ड इन्डोर्समेन्टको पारिश्रमिक १७ गुणा बढाएका छन्।
इकोनोमिक टाइम्सको रिपोर्टका अनुसार पुष्पा रिलिज हुनुअघि अल्लुले एक दिनको सुटिङका लागि ३५ लाख रुपैयाँ लिन्थे। अहिले उनले एउटा ब्रान्डको इन्डोर्समेन्ट गर्न दैनिक ६ करोड रुपैयाँ लिने गरेका छन्।
जुन रकम दक्षिण भारतीय अभिनेतामध्ये बढी हो। अल्लुबाहेक अन्य धेरै साउथका चर्चित कलाकारले पनि २ वर्ष पहिलेको भन्दा ८ गुणा बढी शुल्क लिएका छन्।
पुष्पाको सफलतापछि अल्लु धेरै ठूला ब्रान्डको अनुहार पनि बने। यसमा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्ड समावेश छन्। अभिनेताले भर्खरै ट नयाँ ब्रान्डहरूसँग सम्झौतामा हस्ताक्षर गरेका छन्। जसमा कोकाकोला, केएफसी, जोमाटो र रेड बसजस्ता ठूला कम्पनी छन्।
धेरै पारिश्रमिक बढाए पनि अल्लु ब्रान्ड छनोटको मामिलामा भने सचेत छन्। यसअघि अल्लुले पान मसाला ब्रान्डको प्रचार गर्ने प्रस्ताव अस्वीकार गरेका थिए। कम्पनीले उनलाई १० करोड भारुको प्रस्ताव गरेको थियो।
तर, अल्लुले आफ्ना फ्यानमाझ कुनै गलत प्रचार गर्न नचाहेको भन्दै प्रस्ताव अस्विकार गरे। अल्लु आफैँ पनि पान मसाला खाँदैनन्। यही कारण उनले पान मसाला कम्पनीको ब्रान्डलाई समर्थन गर्न मानेनन्।
अल्लु अहिले फिल्म पुष्पाको दोस्रो भागको सुटिङमा व्यस्त छन्। जुन फिल्म सन् २०२४ को १५ अगस्टमा रिलिज हुँदै छ।
Shares
प्रतिक्रिया