ad ad

कला


निश्चलको फिल्म ‘दिमाग खराब’ लाई दर्शकको साथ

निश्चलको फिल्म ‘दिमाग खराब’ लाई दर्शकको साथ

नेपालखबर
कात्तिक २८, २०८० मंगलबार ११:५९, काठमाडौँ

निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ ले दर्शकको राम्रो साथ पाएको छ। गत शुक्रबारदेखि रिलिज भएको यस फिल्मले हलमा उत्साहजनक शो पाएसँगै आक्रामक व्यापार गरिरहेको छ। 

नेपालका मल्टिप्लेक्स हलहरुमा पाँचौं दिनमा पनि दिमाग खराब हेर्ने दर्शकहरुको उपस्थिति राम्रो छ। बलियो वर्ड अफ माउथ पब्लिसिटीका कारण मल्टिप्लेक्स हलहरुका साइट हेर्दा बिहानीदेखि रातिसम्मका शोहरुमा राम्रो अकुपेन्ची छ। तर, निर्माताहरुले बक्सअफिस कलेक्सन रिपोर्ट भने सार्वजनिक गरेका छैनन्। 

लक्ष्मीपूजाको दिनबाट सलमान खान स्टारर बलिउड फिल्म ‘टाइगर ३’रिलिज भएको थियो। तर, दर्शकबाट प्राप्त सकरात्मक प्रतिक्रियाले दिमाग खराबलाई खासै असर गरेको देखिँदैन। माउथ पब्लिसिटीका साथै तिहारको बिदाले गर्दा दिमाग खराब लाई फाइदा पुगिरहेको छ। 

यस फिल्ममा निश्चलसहित खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा,  विजय बराल, पुस्कर गुरुङलगायतको अभिनय छ। 

रौनक निर्माता रहेको फिल्मको कथा आकाश बरालको लेखेका हुन्। २ घण्टा २८ मिनेटको फिल्मले राजनीतिक पृष्ठभूमिमा आम मानिसको कथा भन्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .