गायक शिव परियारको नयाँ गीत बजारमा आएको छ। शिवको स्वरमा ‘तिमी र म’बोलको गीत रिलिज भएको हो।
यो गीत केही समयअघि सार्वजनिक गीति एल्बम ‘तिमी र म’मा समावेश छ। यो गीतमा सागर फुयाँलको शब्द र शिवकै संगीत छ। गीतलाई शंशाक सापकोटाले एरेन्ज गरेका हुन्।
निकेश खड्काले निर्देशन गरेको गीतको भिडिओमा टीनएजरको मायाप्रेमको भाव समेटिएको छ। भिडिओमा कुन्साङ बमजन र रेखा लिम्बू फिचर्ड छन्।
भिडिओ हरि हुमागाईंले खिचेका हुन् भने सम्पादन विकास धमलाले गरेका छन्। कलर संयोजन राजेन्द्र मोक्तानले गरेका हुन्।
शिवले करिब डेढ महिनाअघि सोही एल्बममा समावेश ‘तिमी हौ सबथोक मेरो’ गीत रिलिज गरेका थिए।
39
Shares
प्रतिक्रिया