ad ad

कला


भारतका तीनवटै सेनाका प्रमुखले हेरे अजय–काजोलको ‘तानाजी’

भारतका तीनवटै सेनाका प्रमुखले हेरे अजय–काजोलको ‘तानाजी’

नेपालखबर
माघ ७, २०७६ मंगलबार ८:९,

बलिउडाका सुपरस्टार जोडी अजय देवगन र काजलको मुख्य भूमिका रहेको फिल्म ‘तानाजी द अनसङ वारियार’ले दोस्रो हप्तामा पनि दर्शकको माया उत्तिनै पाइरहेको छ।

बक्स अफिसमा अजयका यसअघिका ८ फिल्मको रेकर्ड ब्रेक गरेको यो फिल्मले बलिउडमा नयाँ इतिहास कायम गरेको छ। त्यो के हो भने यो फिल्म भारतका तीनवटै सेनाका प्रमुखहरु ले एकसाथ हेरे।

आइतबार उनीहरुले दिल्लीको एक हलमा यो फिल्म हेरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

निवृत्त भारतीय जल सेनाका अफिसर हरिन्दर सिक्काले सामाजिक सञ्जाल ट्विटरमार्फत यसको जानकारी दिएका छन्।

tanaji

‘तीन सेनाका प्रमुखहरू, नौसेना प्रमुख, सेना प्रमुख र एयर चीफले तानाजी हेरेका छन्’, उनले ट्विटरमा लेखेका छन्। उनीहरुले यो फिल्म दिल्लीको एक हलमा हेरेको र यो फिल्म अन्य फिल्मभन्दा भिन्न रहेको भन्दै हेर्न अनुरोध समेत गरेका छन्।

फिल्म हेर्नका लागि सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाना, नौसेना प्रमुख एडमिरल करमबीर सिंह र एयर चिफ मार्सल राकेश कुमार सिंह भदौर्यले एकसाथ फिल्हल पुगेका थिए। अजय देवगनले तीनै सेनाप्रमुखले आफ्नो फिल्म हेर्नु आफ्ना लागि सम्मानको विषय भएको बताएका छन्। अजय ट्विट गर्दै भनेका छन्, ‘सेना प्रमुखहरुको आगमन मेरो लागि सम्मान हो। तानाजीलाई माया गर्नु भएकोमा सबैलाई धन्यवाद।’

दोस्रो हप्तामा प्रदर्शन भइरहेको फिल्मले अहिले पनि बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। योसँगै प्रदर्शनमा आएको दीपिका पादुकोनको फिल्म ‘छपाक’ले भने बक्स अफिसमा कुनै कमाल गर्न सकेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .