ad ad

कला


साम्राज्ञीले भावुक हुँदै भनिन् : भूवन केसीले देखाउन खोजेको ‘पावर’ अदालतले बदर गरिदियो

साम्राज्ञीले भावुक हुँदै भनिन् : भूवन केसीले देखाउन खोजेको ‘पावर’ अदालतले बदर गरिदियो

नेपालखबर
असार २८, २०८० बिहिबार ११:३३, काठमाडौँ

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका अभिनेता भूवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध हालेको मानहानीको मुद्दा हारे।

भूवनले आफूविरुद्धको मुद्दा हारेपछि साम्राज्ञीले भावुक हुँदै आफूले जितेको बताएकी छिन्। 

उनले इन्स्टाग्राममा एक भिडिओ सार्वजनिक गर्दै भनेकी छिन्, ‘मान्छेले आफ्नो कुरा बोल्न पाउने रहेछ।’

अभिनेत्री शाहविरुद्ध अभिनेता भूवन केसीले १० करोड क्षतिपूर्ति माग गर्दै गाली बैज्जतीको मुद्दा हालेका थिए। उक्त मुद्दा उपर अदालतले दाबी नपुगेको फैसला गर्दै शाहको पक्षमा बुधबार फैसला सुनाएको हो।

केसीले २०७७ साउन ९ गते शाहविरुद्ध गाली बइज्जतीको मुद्दा दयर गरेका थिए। त्यसबेला चलचित्र क्षेत्रमा नेपोटिजमको बहस उठेको थियो।

केसी र शाह वाक युद्धमा उत्रिएका थिए। शाहले आफूमाथि केसीले शोषण र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। उक्त घटनापछि केसी अदालत पुगेका थिए।

त्यसपछि इन्स्टाग्राम मार्फत साम्राज्ञीले, केसीले आफूलाई कति पावरफूल छु भनेर देखाउन खोजेको तर अदालतले त्यसलाई बदर गरिदिएको बताएकी छिन्। भनेकी छिन्, ‘मेरो फिल्मी करियरको यात्रा बडो गज्जबको थियो। तर, यात्राका क्रममा यस्तै भयो। त्यै पनि कसैलाई हर्ट गर्ने मेरो नियत भने थिएन।’

उनले‍ फिल्म क्षेत्रमा करियर खोजिरहेकाहरूलाई सम्बोधन गर्दै भनेकी छन्, ‘योङस्टरहरूले आफूले काम गर्ने स्थानमा आफ्नो सुरक्षा आफैले गर्नुपर्छ। र यस्ता घटनादेखि सचेत पनि हुनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .