चलचित्र पत्रकार संघ कास्कीले कलाकार माओत्से गुरुङलाई सम्मान गरेको छ।
संघले अभिनय र निर्देशनको माध्यमबाट नेपाली चलचित्र क्षेत्रलाई पुर्याएको योगदानको कदरस्वरुप उनलाई सम्मान गरेको हो।
मोफसलमा बसेर अभियन कर्ममा जमेका माओत्से जिवन्त अभिनयको लागि माहिर मानिन्छन्।
उनलाई चलचित्र पत्रकार संघ कास्कीले पाँचौं अधिवेशनको प्रमुख अतिथि पोखराका मेयर धनराज आचार्यले शनिबार सम्मान गरेका हुन्।
सम्मानको अवसरमा बोल्दै माओत्सेले देशमा संघीयता आए पनि चलचित्र क्षेत्र एकात्मक रहेको बताए।
‘चलचित्रका सबै काम गर्न काठमाडौं जानुपर्छ, यो प्रवृत्तिको अन्त्य भएमात्र चलचित्र क्षेत्रको विकास हुन्छ,’ उनले भने।
दुई रंगपत्रकारलाई पुरस्कार
‘जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’ पत्रकार रेम विक र राजाराम पौडेललाई प्रदान गरिएको छ।
रेम र राजारामलाई क्रमशः जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार २०७८ र ०७९ बाट प्रदान गरिएको चलचित्र पत्रकार संघ कास्कीका निवर्तमान अध्यक्ष अरुण गिरीले जानकारी दिए।
पोखराका मेयर धनराज आचार्यले उनीहरुलाई नगद २५ हजारसहित दोसल्ला र प्रमाणपत्रले उनीहरुलाई सम्मान गरेका हुन्। रेम चलचित्र पत्रकार संघ कास्कीको पूर्वअध्यक्ष र राजाराम संघका सल्लाहकार हुन्।
जीतप्रसाद द्धा पोखराका पुराना चलचित्र हल व्यवसायी हुन्। पोखराको विन्ध्यवासिनी र बाराही हलसहित हाल मिडटाउन सिनेमाज हल उनीहरुको स्वामित्वमा रहेको छ।
अहिले जीतप्रसादको नाति पुस्ता यो व्यवसायमा छ। जीतप्रसाद द्वाले २०३६ सालमा बुटवलमा कालिका चलचित्र मन्दिर संचालन गरी चलचित्र व्यवसायमा हात हालेका थिए।
पोखराको पुरानो चलचित्र घर ‘बिन्दबासिनी हल’सँगै उनकै नेतृत्वमा वाराही ‘क’, ‘ख’, श्रीकृष्ण र मिडटाउन सिनेमाज् हाल संचालनमा छन्। त्यो बाहेक नेपालकै अग्रणी चलचित्र वितरण कम्पनी ‘एफडी’ पनि द्वा परिवारले नै संचालन गरिरहेको छ।
Shares
प्रतिक्रिया