अभिनेता सलोन बस्नेतको आगामी मंसिर १२ गते विवाह हुँदै छ। फिल्म निर्देशक शोभित बस्नेतका छोरा सलोनको विवाह धूमधामका साथ गर्ने योजना बनेको छ। सलोनको विवाहका लागी झण्डै साताको योजना बनेको छ।
मंसिर १० गतेबाटै सलोनको वैवाहिक कार्यक्रम सुरु हुने छन्। यो क्रम विवाहको पर्सिपल्ट अर्थात् मंसिर १४ गतेसम्म चल्ने छ। मंसिर १० र ११ गते चन्द्रागिरि रिसोर्टमा मेहन्दी उत्सव गर्ने योजना रहेको निर्देशक शोभित बस्नेतले सुनाए।
सलोनको विवाह मंसिर २० मा पातले वनमा हुने छ। मंसिर १४ गते काठमाडौंको एक पाँचतारे होटलमा रिसेप्सनको आयोजना गरिने योजना निर्देशक बस्नेतले बनाएका छन्।
सलोनले प्रेमिका करिश्मा केसीसँग विवाह गर्दै छन्। सलोन र करिश्मा लामो समयदेखि प्रेममा थिए।
174
Shares
प्रतिक्रिया