यो वर्षको मिस वर्ल्ड शनिबार जमैकाकी टोनी एन सिंहले जितिन्। यससँगै विश्वका सबैभन्दा ठूला पाँच सुन्दरी प्रतियोगिताको ताज अश्वेत महिलाको शिरमा पुगेको छ।
गत साता दक्षिण अफ्रिकाकी जोजिबिनी तुन्जीले मिस युनिभर्सको उपाधि जितेकी थिइन्।
त्यस्तै गत अप्रिलमा क्याली ग्यारिसले मिस टिन यूएसए हात पारेकी थिइन् भने मे महिनामा चेस्ली क्रिस्टले मिस यूएसए जितेकी थिइन्।
निया फ्र्यांकिलनले मिस अमेरिका २०१९ जितेकी थिइन्।
सयौँ वर्षदेखिको नश्लवाद, उत्पीडन र लैंगिक विभेदको मारमा परेका अश्वेत महिलाहरुका लागि यो क्षण ऐतिहासिक रहेको बताइएको छ।
मिस वर्ल्ड विजेता सिंहले २०१४ देखि २०१९ सम्म अमेरिकाको फ्लोरिडा स्टेट युनिभर्सिटीमा अध्ययन गरेकी थिइन्। एजेन्सी
प्रतिक्रिया