ad ad

कला


चितवनमा देखियो आँचलको क्रेज

चितवनमा देखियो आँचलको क्रेज

नेपालखबर
भदौ २१, २०७९ मंगलबार १०:२०, काठमाडौँ

अभिनेत्री आँचल शर्मा आफ्नो फिल्मको दर्शक प्रतिक्रिया बुझ्न सोमबार चितवन पुगिन्। गृह जिल्लामा आफ्नो पछिल्लो फिल्म ‘झिँगेदाउ’को प्रतिक्रिया लिन गएकी आँचलको क्रेज चितवनमा राम्रै देखियो। उनी दर्शकले घेरिएकी थिइन्। 

क्युएफएक्सको जलमा र इन्द्रदेव हल पुग्दा आँचलसँग फोटो खिच्ने दर्शकको उल्लेख्य भिड देखियो। सोमबार चितवनका हलमा ‘झिँगेदाउ’ ८० प्रतिशत माथिको अकुपेन्सीका साथ प्रदर्शन भएको निर्माण टिमले जनाएको छ।

फिल्म हेर्ने दर्शकमा महिलाको उपस्थिती उल्लेख्य रहेको निर्माण टिमले बताएको छ। परिवारसहित सिनेमा हेर्न आएकी एक वृद्धाले आँचल भेट्दा आफूलाई सम्हाल्न सकिनन्। उनले आँचललाई अँगालो हाल्दै आँसु झारिन्।

शुक्रबारदेखि प्रदर्शनमा आएको ‘झिँगेदाउ’ ले ‘वर्ड अफ माउथ’का कारण दर्शक तान्न सफल भएको छ।

आमा, छोरा र बुहारीको कथा भन्ने ‘झिँगेदाउ’मा आँचलका साथमा केकी अधिकारी मुकुन भुषाल, कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतका कलाकारले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन्। 

ज्ञानेन्द्र देउजाले निर्देशन गरेको फिल्ममा सुलभ प्रतिक देउजा र समिक्षा देउजाले लगानी गरेका हुन्। प्रदीप भारद्वाजको लेखन रहेको सिनेमा भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .