ad ad

समाज


म्यादी प्रहरी भर्ना गर्न भदौ ३० गते आवेदन खुलाउने

म्यादी प्रहरी भर्ना गर्न भदौ ३० गते आवेदन खुलाउने

फाइल तस्बिर


नेपालखबर
भदौ २१, २०७९ मंगलबार १०:३६, काठमाडौँ

आगामी मंसिर ४ गते एकसाथ हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक म्यादी प्रहरी भर्नाका लागि यही भदौ ३० गते आवेदन खुला हुने भएको छ। 

म्यादी प्रहरीको छनोट तालिकाअनुसार भदौ २६ गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरी भदौ ३० देखि असोज ६ गतेसम्मका लागि आवेदन खुलाइने भएको हो। 

यस्तै आवेदन दिएकाहरूलाई असोज ७ गते सम्पर्क राख्न अनुरोध गरिने भएको छ।

तालिकाअनुसार असोज ९, ११, १२, १३ र १४ गते ५ दिन भित्र म्यादी प्रहरी छनोट प्रक्रिया पूरा गरिनेछ। असोज २५ गते नतिजा प्रकाशन गरिनेछ  भने असोज २७ र २८ गते नियुक्ति पत्रको तयारी गरिनेछ। असोज ३० गते नियुक्ति पत्र वितरण गरिनेछ भने म्यादी प्रहरीको तालिम थालिनेछ।

कात्तिक ८ गते तालिम सम्पन्न गरी कात्तिक ९ गते युनिफर्ममा प्रहरीसँग डिउटीमा खटाइनेछ। चुनाव सम्पन्न भएपछि मंसिर ८ गते म्यादी प्रहरीलाई बिदा गरिने तालिकामा उल्लेख छ।   

याे पनिप्रहरीले १८० र सशस्त्रले ६० वटा गाडी किन्न मागे टेन्डर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .