ad ad

कला


ऋचाले बिहे गरेपछि नीतालाई पनि लाग्यो बेहुली हुने रहर

ऋचाले बिहे गरेपछि नीतालाई पनि लाग्यो बेहुली हुने रहर

नेपालखबर
मंसिर २६, २०७६ बिहिबार २:१९,

अभिनेत्री नीता ढुंगानाले आफूलाई विवाह गर्न मन लागेको बताएकी छन्।

आफ्नो फेसबुक वालमा बेहुली बनेको तस्बिर राख्दै उनले यस्तो इच्छा प्रकट गरेकी हुन्।

अहिले मंसिर महिनामा धेरैको विवाह भइरहेको छ भने अभिनेत्री ऋचा शर्माले पनि यसै सात विवाह गरेकी छन्।

यही बेला नीताले पनि विवाह गर्ने चाहना सार्वजनिक गरेकी हुन्।

पटकपटक प्रेममा धोाका खाएकी नीताले बेहुली बनेको तस्बिरसहित फेसबुकमा लेखेकी छन् : बेहुली बनेर तिम्रो घर आउने मन छ तर कसको घरमा, म जान्दिनँ।

 

कमेन्टमा धेरैले उनलाई आमेश भण्डारीकै घरमा बेहुली भएर जान सल्लाह दिएका छन्।

अभिनेत्री नीता र अभिनेता भण्डारीबीच केही वर्ष प्रेम सम्बन्ध भएको थियो। पछिल्लो प्रेमी आमेशसँग ३ वर्षअघि प्रेम सम्बन्ध तोडेकी नीताले त्यसपछि अमेरिकामा बस्ने एक नेपालीसँग प्रेम गरेकी थिइन्। तर त्यो प्रेम सम्बन्ध केही समयमै टुट्यो। ती एनआरएनसँग आफ्नो प्रेम सम्बन्ध नरहेको दाबी नीताले गरिरहेकी छन्।

फेसबुकमा केहीले भने विवाह गर्ने उमेर पुगेकाले यसपालिकै साइतमा गतिलो केटा खोजेर विवाह गर्न सल्लाह पनि दिएका छन्।

अभिनेत्री नीता पछिल्लो समय निर्देशक उदय सुब्बाको चलचित्र आकासे खेतीको छायांकनमा व्यस्त छिन्।

यो चलचित्रको एक दृश्यमा बेहुलीका रूपमा प्रस्तुत भएकी नीताले छायांकनका क्रममा खिचिएको त्यही तस्बिर फेसबुकमा राखेर बेहुली हुने चाहना व्यक्त गरेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .