गायक पुष्पन प्रधानको स्वर रहेको ‘झुर मान्छे’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
शब्द र संगीत भने कवि तथा संगीतकार संगीत स्रोताको रहेको छ। फरक शैलीका गीत लेख्न तथा संगीत गर्न रुचाउन संगीत स्रोता र पुष्पनको यो गीत पनि केही फरक छ।
‘संसारमा जसरी मन पर्ने मान्छे विशेष हुन्छ त्यसैगरी मन नपर्ने मान्छे पनि विशेष हुन्छ’ भन्न कथनका साथ आरम्भ भएको गीतमा गर्न सक्ने काम नगर्ने र गर्ने नसक्ने काम पनि गर्छु भन्ने प्रवृत्तिमाथि व्यंग्य प्रहार गरिएको छ।
गीतको म्युजिक भिडियोको निर्देशन र सम्पादन पेमामान सिंह तामाङले गरेका छन्। म्युजिक भिडियोमा आर्जेश रेग्मीलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ भने अमी लामा, जेम्म शाक्य, सोनी तामाङले पनि अभिनय गरेका छन्।
छायांकन भने सन्तोष लामाले गरेका हुन्।
प्रतिक्रिया