उनीहरुले विवाह गर्नेसमेत हल्ला थियो। तर पछि आपसी मनमुटाबका कारण उनीहरुको सम्बन्ध टिकेन।
हालै सेलेनाले एक फोटो सामाजिक सन्जालमा पोस्ट गर्दै भर्खरै खोपेको ट्याटु आफ्ना शुभचिन्तक माझ सार्वजनिक गरेकी छिन्।
उनले आफ्नो तिघ्रामा दुई हात जोडेको ट्याटु बनाएकी छिन्।
यतिबेला सोही ट्याटुका कारण सेलेना र जस्टिनको नाम जोडेर नयाँ चर्चा सुरुवात भएको छ।
उक्त ट्याटु जस्टिनको खुट्टाको ट्याटुजस्तै छ। जस्टिनको खुट्टामा पनि दुई हात जाडेको ट्याटु छ।
साथै जस्टिनले कुनै समय एक विज्ञापनका लागि हात जोडेर फोटोका लागि पोज दिएका थिए। ट्याटु ठ्याक्कै त्यस्तै छ।
सेलेनाले जस्टिनकै सम्झनामा उनकैजस्तो ट्याटु खोपेको यतिबेला अनुमान गर्न थालिएको छ। सेलेनाले जस्टिनलाई भुल्न नसकेको टिप्पणीहरु भइरहेका छन्।
जस्टिनले भने विवाह गरिसकेका छन्। एजेन्सी
Shares
प्रतिक्रिया