पहिलोपटक अन्तरिक्षमा फिल्म सुटिङ गरेर रुसी टोली फर्किएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ‘द च्यालेन्ज’ फिल्म अन्तरिक्षमा छायांकन गरेर फर्किएको हो।
१२ दिनसम्म अन्तरिक्षमा करिब ४० मिनेट लामो दृश्य छायांकन गरी चलचित्र टोली फर्किएको हो।
‘द च्यालेन्ज’ फिचर फिल्म अन्तरिक्षमा आइपर्ने स्वास्थ्य आपतकालबारे रहेको निर्माण टोलीले जनाएको छ।
छायांकनका लागि मंगलबार ३७ वर्षीय अभिनेत्री जुलिया पेरेसिल्ड र निर्देशक क्लिम सिपेन्को टाेली रुसको सोयुज यानबाट अन्तरिक्षतर्फ गएको थियो। सो यानको नेतृत्व अन्तरिक्षयात्री आन्तोन स्काप्लेरोवले गरेका थिए।
यससँगै रुसले अन्तरिक्षसम्बन्धी अर्को कीर्तिमान राखेको छ।
चन्द्रमा अवतरणको दौड अमेरिकाले जिते पनि पहिलो स्याटलाइट, पहिलो अन्तरिक्षयात्री, पहिलो महिला अन्तरिक्षयात्री, पहिलो स्पेसवाक, पहिलो बहुसदस्यीय अन्तरिक्ष दल र पहिलो अन्तरिक्ष केन्द्रको कीर्तिमान रुसको नाममा छ।
हलिउड अभिनेता टम क्रुजले पनि अन्तरिक्षमा छायांकन गर्ने योजना बनाइरहेको बताइएको छ।
Shares
प्रतिक्रिया