लोकदोहोरीमा निकै लोकप्रिय गायक राजु परियार र गायिका शान्ति श्री परियारको आवाजमा सजिएको वियोगान्त गीत ‘नबोलाउ है’ को म्युजिक भिडियो बजारमा आएको छ।
गीतमा नवीन बिरही श्रेष्ठको शब्द तथा पूर्ण संयोगको संगीत रहेको छ।
आफनी प्रेमिकाले जीवनमा साथ दिनुपर्ने अवस्थामा छोड्दाको पीडालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ।
महेश महरा र प्रतीक बहादुर श्रेष्ठको छायांकन, चेतन सागरको सम्पादन तथा नवीन बिरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।
गीतको भिडियोमा निर्देशक श्रेष्ठसँगै रञ्जिता तामाङको अभिनय रहेको छ।
हेरौँ भिडियो
प्रतिक्रिया