ad ad

समाज


चिलीको कपडा कारखानामा लुटेराको समूहले आगो लगाउँदा पाँचको मृत्यु

चिलीको कपडा कारखानामा लुटेराको समूहले आगो लगाउँदा पाँचको मृत्यु

नेपालखबर
कात्तिक ४, २०७६ सोमबार ६:५१,

बीबीसीका अनुसार राजधानी स्यान्टिएगोमा विरोधप्रदर्शन चलिरहेका बेला लुटेराहरूले राजधानीनजिकै अवस्थित एउटा कपडा कारखानामा आगो लगाइदिएका थिए।

सरकारविरुद्धको प्रदर्शन जारी रहँदा त्यहाँका मुख्य सहरहरूमा रात्रिकालीन कर्फ्यू लगाइएको छ भने प्रदर्शनकारीविरुद्ध सेना र प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका छन्।

मेट्रो रेलको भाडादर वृद्धि भएसँगै सुरु भएको विरोध प्रदर्शनहरूमा अहिले महँगो जीवनयापन र असमानतासम्म प्रतिविम्बित भएका छन्।

Demonstrators clash with a riot police vehicle during protests in Santiago

अवस्था बिग्रँदै गएपछि बढाइएको भाडा दर स्थगित गरिएको छ।

यसरी व्यापक प्रदर्शन हुँदै जाँदा लुटेरा समूहले भने बिग्रँदो अवस्थालाई चोरी तथा डकैती गर्ने उपयुक्त समयको रुपमा लिएको त्यहाँका प्रहरीले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .