ad ad

राजनीति


स्वास्थ्य सामग्री बोकेर काठमाडौंका दैलो–दैलोमा डुल्दै कांग्रेस नेता जोशी

स्वास्थ्य सामग्री बोकेर काठमाडौंका दैलो–दैलोमा डुल्दै कांग्रेस नेता जोशी

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार ८:०,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले कोरोना संंकटका बेला सचेतना कार्यक्रम गर्दै घरदैलोमै पुगेर स्वास्थ्य सामग्री समेत वितरण गर्न थालेका छन्।

काठमाडौं क्षेत्र नं ८ का नेता जोशीले घरदैलो अभियान सुरु गरेका हुन्।

मतदाताको घरदैलोमा पुगेर कोरोना महामारीका बारेमा जानकारी गराउनका साथै आवश्यकताअनुसार स्वास्थ्य सामाग्री समेत वितरण गरिरहेको उनले बताए।

NabindraRajJoshi 1

‘मैले मुख्यगरी चेतना जगाउन र अभियन्ता जन्माउन खोजेको हो, यो एक जनाले गरेर संभव हुने कुरा होइन। सुरक्षित बन्ने र सुरक्षित बनाउने जिम्मेवारी सबैको छ,’ नेपालखबरसँग कुरा गर्दै नेता जोशीले भने।

उनले घरदैलो अभियानका क्रममा मास्क लगाउन, स्यानिटाइजर प्रयोग गर्न, हात धुन र सामाजिक दूरी कायम गर्न जोड दिँदै आएका छन्।

हरेक घरमा मास्क, स्यानिटाइजर र कोभिडबाट बँच्ने उपायबारे जानकारीसहितको पम्प्लेट र आवश्यकताअनुसार औषधी तथा बिरामीमा अक्सिजनको मात्रा जाँच गर्ने अक्सिमिटर निशुल्क वितरण गरेका छन्।

उनले कोरोना संक्रमणको शंका लागेमा डाक्टरलाई फोन गरेर डाक्टरबाट २४सै घण्टा परामर्श दिनका लागिसहजीकरण समेत गर्ने गरेका छन्।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले तीनजना डाक्टर समेत राखेका छ। जोशी प्रतिष्ठानको अध्यक्ष हुन्।

अस्पताल जानुपरेमा १०२ मा फोन गर्न र केही समस्या परे पहिले आफ्ना डाक्टरलाई फोन गर्न भन्ने गरेका छन्। त्यस्तो अवस्थामा आवश्यक सहजीकरण तथा सहयोग गर्ने जोशीले बताए।

NabindraRajJoshi 2

अभियानको क्रममा जोशीले भन्ने गरेका छन्, ‘अब तपाई पनि यो महामारीविरुद्धको अभियानमा लाग्नुपर्छ, तपाईले आफूले जानेको कुरा अरुलाई सिकाउनुपर्छ, अप्ठेरोमा परेकालाई सहयोग गर्नुपर्छ किनभने महामारीलाई सबैले मिलेर परास्त गर्नुपर्छ।’

सरकारले कोरोना संक्रमितको उपचार गर्ने जिम्मेवारीबाट हात झिकिसकेपछि अब त केही गर्नुपर्छ भन्ने लागेर आफूले अभियान थालेको उनको भनाइ छ।

यो अभियान अन्य क्षेत्रमा पनि विस्तार भए कोरोनाविरुद्धको अभियानमा ठूलो सहयोग पुग्ने जोशीको विश्वास छ।

‘यस्तो बेलामा केही भएन, सरकारले केही गरेन भनेर गालि गरेर मात्रै हुँदैन आफैं पनि सकेको गर्नुपर्छ’, जोशीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .