नेपालका लागि महिन्द्रा फोरह्विलरको एक मात्र आधिकारिक बिक्रेता अग्नी ग्रुपको बालाजु अटो वर्क्सले शनिबार म्यानेजर मिट आयोजना गरेको छ।
बालाजु अटो वर्क्सका प्रबन्धनिर्देशक अर्जुन प्रसाद शर्मा र एमएण्डएम नेपालको लागि सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धरक, अग्नि ग्रुप, नेटवर्क्सका अतिथिहरूको उपस्थितिमा स्काई गार्डेन रिसोर्ट, धुलिखेलमा सर्भिस एण्ड पार्ट्स म्यानेजर मिट आयोजना गरिएको थियो।
कार्यक्रममा विजेताहरुलाई अतिथिहरु र कम्पनीका विभाग प्रमुखहरुले महिन्द्रा केयर फेस्ट २०२४ मा उत्कृष्ट प्रदर्शन गर्ने डिलरहरुलाई सम्मानित गरिएको थियो।
यसमा बेस्ट फोटो अफ द केयर फेस्ट – अग्नि आस्था, इटहरी , बेस्ट कस्टमर इन्गेजमेन्ट – ओम श्री बाराही अटो वर्कस, हाइएस्त एम–ट्राक इनरोलमेन्ट – अग्नि आस्था, इटहरी, हाई पफर्मर – अग्नि आस्था, भैरहवा , हाई याचिबर – ठाकुर अटो केयर सेन्टर प्रा लिले जितेका थिए।
म्यानेजर मिटमा उत्कृष्ट प्रदशन गर्ने ओम श्री बाराहीबाट बेस्ट कस्टमर केयर एक्जिक्युटिव २०२४ – बिनिता के.सी, सेन्ट्रल सर्भिस सेन्टरबाट बेस्ट सर्भिस म्यानेजर २०२४ – सशी पजियर साथै एम.के इंकॉर्पोरेटेड प्रा.लि. बाट बेस्ट स्पेयर पार्ट्स म्यानेजर २०२४ – राजेश लाघेलाई उनीहरूको योगदानका लागि सम्मानित गरिएको थियो।
समारोहले उत्कृष्टताप्रति सहभागीको समर्पणलाई प्रदर्शन गर्दै सदस्यहरूको उल्लेखनीय क्षमतालाई हाइलाइट गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा बालाजु अटो वर्कसका प्रबन्ध निर्देशकले संस्थाको विकासमा सबैको योगदानको प्रशंसा गरे।
उनले सर्भिस एण्ड पार्ट्स म्यानेजर मिटमार्फत साझेदारीलाई सुदृढ पार्ने र उत्कृष्टता हासिल गर्ने प्रतिबद्धताका साथै सँगै काम गरेर हामी दीर्घकालीन वृद्धि र नवप्रवर्तनको सम्भावनालाई अनलक गर्छौं भन्ने कुरामा जोड दिएका थिए।
Shares
प्रतिक्रिया