बेरोजगार युवायुवतीहरूलाई वैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोलुखुम्बुको दूधकोशी गाउँपालिका–४ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ–११ कपन बस्ने वर्ष ३४ को सन्तोष गुरुङ रहेका छन्।
पीडितहरूबाट रकम लिए पश्चात विदेश नपठाई उनी सम्पर्कविहीन भएपछि पिडीतहरूले प्रहरीमा जाहेरी दिएका थिए। गुरुङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कपन कृष्ण मन्दिरबाट चैत १८ गते पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
छवि माया मगर समेत १० जनालाई मकाउ पठाउने भन्दै गुरुङले २० लाख ८५ हजार रुपैयाँ लिएको प्रहरीको आरोप छ।
18
Shares
प्रतिक्रिया