आयरल्यान्डविरुद्धको टी-२० सिरिज अन्तिम खेल नेपाल ए ले आफ्नो पक्षमा पारेको छ।
यसअघि दुवै खेल गुमाइसकेको नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्धको अन्तिम खेलमा सान्तवना जित निकालेको हो।
यससँगै नेपालले अन्तिम खेलमा जवाफी ब्याटिङमा उत्रिएको आयरल्यान्डलाई सिरिज क्लिन स्वीप गर्नबाट रोकेको छ।
सोमबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ टोलीले ३ रनको रोमाञ्चक जित निकालेको हो। यससँगै आयरल्यान्डले सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ।
नेपाल ‘ए’ टोलीले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन मात्रै बनायो।
69
Shares
प्रतिक्रिया