माछापुच्छ्रे बैंक लि. ले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
‘रक्तदान नै जीवन दान हो’ भन्ने मुल नाराका साथ सोमबार बैंकको प्रधान कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको थियो। मुलुकमा हाल डेंगु रोगको प्रकोपका कारण देखिएको रगत अभावलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको हो।
स्थापनाको २० वर्षमा आईपुग्दा बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १४० वटा शाखाहरु, १२८ शाखा रहित बैंकङ्ग सेवा समेत गरी जम्मा २६८ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ। साथै, बैंकको देशभर १६० वटा एटीएमहरु सञ्चालनमा रहेका छन्।
3
Shares
प्रतिक्रिया