ad ad

कारोबार


स्मार्ट टेलिकमको बडा दशैँ अफर

स्मार्ट टेलिकमको बडा दशैँ अफर

नेपालखबर
असोज १०, २०७६ शुक्रबार १४:४,

दशैँलाई बडा तरिकाबाट मनाउन भन्दै स्मार्ट टेलिकमले बडा योजना सार्वजनिक गरेको जनाएको छ।

स्मार्टको तर्फबाट तीन कारणले दशैँलाई बडा तरिकाले मनाउने भन्दै ती तीन कारण खुलाएको छ।

दशैँ भ्वाइसः यस बडा अफर अन्तर्गत केवल ९९ पैसा मा सबै नेटवर्कमा कुरा गर्न सकिन्छ। रु ९९ मा ३० दिन मान्य भएको १०० मिनेट टकटाइम (सबै नेटवर्कमा) पनि प्राप्त गर्न सकिन्छ। यो सुविधा *141*1*4*1# डायल गरी लिन सकिन्छ।

२ दशैँ डाटाः रु २९९ मा ४५ जिबि डाटा हरेक दिन १.५ जिवि डाटा का दरले ३० दिन सम्म लिन सकिन्छ। यसरी लिइएको डाटाको मान्य अवधि हरेक दिन मध्य रात सम्म रहने छ। यो डाटा सुविधा *141*3*2*1#  डायल गरी सहजै लिन सकिन्छ।

३ दशैँ इन्डिया कलः लोकल दरमा इन्डियामा कल गर्न सकिने सुविधा, जसमा ३ वटा प्लान रहेका छन्ः

१) रु ३१२.४८ मा ३० दिन मान्य अवधि भएको २४० मिनेट टकटाइम २) १०१.०३ मा ७ दिन मान्य अवधि भएको ७५ मिनेट टकटाइम तथा रु २२.७१ मा १ दिन मान्य भएको १६ मिनेट टकटाइम यी सेवाहरु लिन क्रमशः *141*6*1*3#, *141*6*1*2# तथा *141*6*1*1# डायल गर्नु पर्ने छ ।यो सेवा लिइसके पछि इन्डिया कल गर्दा 1350+91+मोबाइल नम्बर/ल्याण्डलाइन नम्बर राखी डायल गर्नु पर्ने हुन्छ ।

यी दरहरुमा कर भने समावेश गरिएको छैन। यो योजना आश्विन १२ गतेदेखि आश्विन २६ गतेसम्म मात्र रहने छ। विस्तृत जानकारीको लागि *141#  डायल गरेर बुझ्न सकिने छ।

कम्पनीका अनुसार आम नेपालीहरुमाझ सूचना तथा सञ्चारको सेवा प्रदान गर्ने उद्देश्य सहित स्मार्ट टेलिकमको स्थापना गरिएको हो। नेपाली नागरिकहरुलाई सूचना तथा सञ्चारमा सहज एवं गुणस्तरीय पहुँच पु-याउने यसको लक्ष्य रहेको छ।

स्मार्ट टेलिकम १ जुलाई २००८ मा स्थापना भई नेपालका दुर्गम क्षेत्रहरुमा सेवा प्रदान गर्दै आएको छ। यसले २०१३ मा एकीकृत इजाजत ‘युनिफाईड लाइसेन्स’ प्राप्त गरेको छ। दक्ष एवं कर्मठ कर्मचारीहरुको साथले गर्दा दुरसञ्चारको क्षेत्रमा स्मार्ट टेलिकम नेपालको तेस्रो ठूलो कम्पनीका रुपमा स्थापित हुन सफल भएको छ।

स्मार्ट टेलिकल प्रा.लिले आफ्नो नेटवर्कलाई क्रमशः नेपाल अधिराज्यभर विस्तार गर्दै आएको छ । यसै सिलसिलामा कम्पनीले आफ्नो फोज जि सेवा काठमाडौ, ललितपुर, भक्तपुर तथा पोखरामा प्रदान गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .