ad ad

कारोबार


श्रमिकको पारिश्रमिक बैंक खातामार्फत नदिए कारबाही: मन्त्री विष्ट

श्रमिकको पारिश्रमिक बैंक खातामार्फत नदिए कारबाही: मन्त्री विष्ट

नेपालखबर
भदौ ८, २०७६ आइतबार १३:२७,

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमीकहरुको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गरेका छन्।

सामाजिक सुरक्षा कोषले आइतबार आयोजना गरेको होटल संघ नेपाल र मन्त्रालयबीचको संयुक्त अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री विष्टले रोजगारदाताहरुलाई बैकिङ प्रणालीबाट पारिश्रमिक भुक्तानी गर्न सचेत गराएका हुन्। कुनै पनि रोजगारदाताले आफ्ना श्रमिकलाई नगद भुक्तानी गरेको देखिएमा श्रमिकले ज्याला प्राप्त गरेनन् भन्ने निष्कर्षमा सरकार पुग्ने भन्दै उनले त्यसपछि सरकार अर्को कदम चाल्न बाध्य हुने बताए।

उनले भने, ‘केही समय पछाडि नगद भुक्तानी गर्न पाउदैनौँ। यदि नगद भुक्तानी गरेको अवस्था भेटियो भने श्रमिकले ज्याला प्राप्त गरेनन् भन्ने निष्कर्ष हुन्छ र सरकारले अर्को प्रकारको प्रक्रिया अगाडि बढाउँछ।’

कार्यक्रममा होटल संघ नेपालकी अध्यक्ष श्रृजना राणाले राज्यले पर्यटन क्षेत्रलाई आर्थिक मेरुदण्डको रुपमा व्याख्या गर्ने गरेको भएपनि होटल व्यवसायलाई उद्योगको दर्जा नदिएकाले राज्यबाट पाउने सुविधाबाट बञ्चित हुनुपरेको गुनासो गरिन्। उनले २० जना भन्दा कम कार्यरत होटल सञ्चालक र श्रमिकलाई सामाजिक सुरक्षा योजना स्वच्छिक हुने व्यवस्था गर्न माग गरिन्।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा समस्या देखिएपछि सामाजिक सुरक्षा कोषले क्षेत्र विशेषलाई प्राथमिकतामा राखेर अन्तरक्रियाहरु सञ्चालन गर्दै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .