ad ad

अटो


नेपाली ग्राहकको पहिलो रोजाइ बन्ने दाउमा बीवाईडी

नेपाली ग्राहकको पहिलो रोजाइ बन्ने दाउमा बीवाईडी

दीपक भट्ट
भदौ ८, २०७६ आइतबार १३:१९,

चीनमा सन् १९९५ मा स्थापना भएको कम्पनी हो बीवाईडी। विशुद्ध ब्याट्री उत्पादन गर्ने उद्देश्यले स्थापित यो कम्पनीले अहिले उत्पादनको क्षेत्र विस्तारलाई आक्रामक रुपले गति दिएको छ।

विश्वमा नाम चलेका मोबाइल ब्रान्डहरु नोकिया, हुवावे, सामसुङ, एप्पलको लागि बीवाईडीले नै ब्याट्री उत्पादन गर्छ। अझ भनौँ विश्वविख्यात कम्पनीहरुको रणनैतिक साझेदारका रुपमा बीवाईडीले आफ्नो पहिचान बनाएको छ।

एकपछि अर्काे गरी व्यावसायिक सफलता पाउँदै गर्दा सन् २००७ मा कम्पनीले सवारीसाधन निर्माणमा हात हाल्यो। सोही क्षेत्रमा विश्वका अटोमोबाइल क्षेत्रमा कम्पनी स्थापित हुँदै गएको छ। हाल हाइब्रिड सवारीसाधन उत्पादकको नाम लिँदा बीवाईडीलाई बिर्सिन सकिँदैन।

ब्याट्री, सोलार प्यानेल, आईटी र मोनोरेल कम्पनीको व्यावसायिक धरातलका चार स्तम्भ रहेका छन्। यसमध्ये पनि ब्याट्री उत्पादन पहिलो व्यवसाय हो भने त्यसपछि क्रमशः सोलार प्यानेल, सूचना प्रविधि र मोनोरेल आउँछन्।

कम्पनीकाे नेपाल प्रवेश

byd e6 durbar marg
नेपालमा कम्पनीको कारोबार सन् २०१७ बाट सुरु भएको हो। नेपाली कम्पनी सिमेक्स इन्क प्रालिले कम्पनीका सवारीसाधन नेपालमा ल्याएर बिक्रीवितरण सुरु गरेसँगै बीवाईडीको व्यवसाय नेपाल प्रवेश गरेको हो। कम्पनीका लागि आधिकारिक बिक्रेता समेत रहेको सिमेक्स इन्कका मार्केटिङ म्यानेजर समिर श्रेष्ठ बीवाईडीका गाडी नेपाली सडकमा गुड्न थालेपछि कम्पनीप्रति चासो बढेको बताउँछन्। उपभोक्ताले नै रुचाउनथालेपछि कम्पनी हाल नेपालमा ग्राहकको पहिलो रोजाइ बन्ने दाउमा रहेको छ। उनी भन्छन्, ‘हामीले सुरुमा कम्पनीका गाडीहरु ‘क्लोज सर्कल’मा चलाउन सफल भयौँ, जसले सबैलाई चासो बढायो।’

हुन पनि उच्च ओहदामा रहेका नेपाली व्यक्तित्वहरु अहिले कम्पनीकै गाडीमा हुइँकिन्छन्। राष्ट्रपति विद्यादेवी भण्डारी, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, ऊर्जामन्त्री वर्षमान पुन, नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ र टीबीआई ग्रुपका प्रमुख भवन भट्टजस्ता व्यक्तिहरुले कम्पनीकै विद्युतीय गाडी प्रयोग गरिरहेका छन्।

byd shrestha 2

यसले कम्पनीलाई पनि ग्राहकसम्म पुग्ने अवसर दिलाइदियो। अब यसलाई सदुपयोग गर्ने दाउमा बीवाईडी रहेको छ। त्यसैले उसले नेपालमा आफ्नो ‘कन्जुमर मार्केट’ विस्तारलाई रणनैतिक रुपमा प्राथमिकतामा राखेको श्रेष्ठ बताउँछन्। सुरुमा नेपाल ल्याएको ई६ क्रसओभर एसयूभीको माग अहिले बढ्दै गएको छ। यसले कम्पनीलाई हौस्याएको छ।

श्रेष्ठका अनुसार यो वर्षदेखि कम्पनीले नाडा अटो शोमा समेत भाग लिँदै छ। यही १० गतेदेखि छ दिनसम्म चल्ने नेपालकै ठूलो र भव्य सवारीसाधन प्रदर्शनी मेलामा कम्पनीले आफ्नो ब्रान्डबारे बुझाउने गतिलो अवसर समेत पाएकोले त्यसको भरपूर उपयोग गर्ने उनले बताए।

नाडा अटो शोमा दुई उत्पादन प्रदर्शनी हुने
यसपटकको अटो शोमा बीवाईडीले दुईवटा गाडी राख्नेछ। ई६ नेपालमा पहिलेदेखि नै बिक्री हुँदै आएको गाडी हो। यो गडी अटो शोको मुख्य आकर्षण बन्नेमा कम्पनी आशावादी रहेको छ। यसबाहेक कम्पनीले अटो शोमा मिनी मल्टियुटिलिटी भेहिकल (एमपीभी) अर्थात् एम–३ गाडी सार्वजनिक गर्ने जनाएको छ। एम–३ गाडी पाँचसिटे र सात सिटे गरी दुई भेरिएन्टमा रहेको छ।

byd m3

सुरुवाती मूल्य करिब ४६ लाख ५० हजार रुपैयाँ पर्ने बीवाईडी एम–३ (पाँच सिटे) र सात सिटे कारकाे ४७ लाख ५० हजार रूपैयाँ नाडा अटाे शाेका लागि विशेष छुटसहित उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ। तर अन्य अवस्थामा भने पाँच सिटे एम३ लाइ ४८ लाख र सात सिटेलाइ ४९ लाख रूपैयाँ तिर्नुपर्छ। एम३ ले एकपटक फुल चार्जमा ३५० किलोमिटर यात्रा गर्न सकिन्छ। कम्पनीका अनुसार यो गाडीको अधिकतम गति करिब १३० किलोमिटर प्रतिघण्टा रहेको छ। नाडामा याे कार किन्ने ग्राहकले एक वर्षकाे बीमा सुविधा र एक वर्षकाे निःशुल्क चार्जिङ सुविधा पाउनेछन्। यसबाहेक अन्य सुविधा पनि कम्पनीले उपलब्ध गराएकाे छ। 

२०२० बाट सबै उत्पादन नेपाली बजारमा
नेपालमा चिनिन थालेपछि कम्पनीले अर्को वर्षदेखि चीनमा उत्पादन हुने सबै प्रकारका सवारीसाधन नेपाल भित्र्याउने योजना बनाएको छ। नेपाली उपभोक्ताको पहिलो रोजाइ बन्न र बजार विस्तार गर्न पनि कम्पनीले यस्तो योजना बनाएको मेनेजर श्रेष्ठ बताउँछन्। ‘यद्यपि कम्पनीको आधिकारिक उत्पादन चिनियाँ बजार र विश्व बजारमा जान त्यसको परीक्षण हुन आवश्यक छ’, श्रेष्ठ भन्छन्, ‘त्यसरी परीक्षण भएको गाडी नेपालमा सबै भित्र्याउने गरी कम्पनीले योजना बनाइसकेको छ।’  

byd shrestha 3

पछिल्लो समय नेपालले विद्युतीय सवारीसाधनमा अत्यधिक रुचि देखाएको छ। सरकारले पनि यसको प्रवद्र्धन गर्ने नीति अघि सारेको छ। सरकारी नीति विद्युतीय सवारीसाधन मैत्री हुनु र उपभोक्ताले पनि विद्युतीय सवारीसाधन प्रयोगलाई नै रुचाउनु उत्पादनकर्ताका लागि ठूलो अवसर हो। भविष्यमा विद्युतीय सवारीसाधन निर्माताहरु बजार पाउने भएपछि कम्पनीहरुबीच पनि प्रतिस्पर्धा बढ्ने निश्चित छ। त्यसको लागि तयारीस्वरुप बीवाईडीले सबै उत्पादन नेपाल भित्र्याउने बताएको हो।

byd car new 1

‘चार्जिङ समस्या आफैँ हटाउँछौँ’
विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन महत्वपूर्ण कुरा हुन्छ। नेपालमा सिमेक्सले चार्जिङ स्टेसन निर्माणलाई उच्च प्राथमिकता दिएको जनाएको छ। काठमाडौंमा मात्रै कम्पनीले ११ वटा चार्जिङ स्टेसन निर्माण गरिसकेको छ। कम्पनीको रत्नपार्क, पाटन, नक्साल, थापाथली, तीनकुने, महाराजगञ्ज, कमलादी, सिंहदरबारमा चार्जिङ स्टेसन रहेका छन्।

त्यस्तै नारायणघाट, हेटौंडा र लुम्बिनीमा समेत कम्पनीले चार्जिङ स्टेसन निर्माण गरिसकेको छ । कम्पनीले देशैभर चार्जिङ स्टेसन निर्माणलाई प्राथमिकता दिएको श्रेष्ठ बताउँछन्। धुलिखेल, बर्दिबास, कुरिनटार, पोखरा, इटहरी, बिर्तामोड र विराटनगरमा स्टेसन निर्माण गरिरहेको कम्पनीले जनाएको छ। नेपालमा बीवाईडी गाडी चलाउनेलाई चार्जिङको कुनै समस्या नरहने गरी कम्पनीले स्टेसनहरु निर्माण गर्ने योजना बनाएको छ।

पुराना सबै ब्याट्री चीनमै फिर्ता पठाइने 
इलेक्ट्रिक भेहिकलको भावी समस्या ड्यामेज भएका ब्याट्रीको व्यवस्थापन कसरी गर्ने भन्ने हो। विद्युतीय सवारीसाधनमा आकर्षण बढे पनि यो चिन्ता पनि सँगसँगै अहिले विश्वबजारमा उठिरहेको छ। नेपालमा पनि यो विषय बहसमा रहेको छ। यसको ब्याट्रीमा प्रयोग भएको एसिडलगायत रासायनिक वस्तु नष्ट नहुने खालको हुन्छ।

byd shrestha 1

तर नेपालमा यो समस्या नहुने दाबी कम्पनीले गरेको छ। सिमेक्सले आधिकारिक उत्पादक कम्पनीसँग नै नेपालमा प्रयोग भएको सबै ब्याट्री फिर्ता लिने सम्झौता गरिसकेको छ। २० वर्ष यसको आयु हुन्छ। त्यसपछि नेपालमा प्रयोग भएको ब्याट्री चीनमा नै जाने गरी सम्झौता भएको श्रेष्ठ बताउँछन्। बीवाईडीले पुरानो ब्याट्रीलाई पुनः प्रयोग गर्ने गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .