ad ad

समाज


नगरले गरेको ढलान वडाले फुटाउन खोज्दा....

नगरले गरेको ढलान वडाले फुटाउन खोज्दा....

नेपालखबर
भदौ ८, २०७६ आइतबार १३:१६,

मध्यपुरथिमि नगरपालिका र वडा कार्यालयको विवादका कारण वडा नं २ मा गरिएको रू १९ लाखको लगानी खेर जाने स्थितिमा पुगेको छ।

पाञ्चायन नगर सुधार समितिले यहाँ आज आयोजना गरेको विकास निर्माण सम्बन्धी छलफलमा स्थानीयवासीले यस्तो आरोप लगाएका हुन्। तीन महिना अघि मात्रै नगरपालिकाले बुढाथोकी गाउँको उकालो ढलान गरेकामा एक साता अगाडि मात्रै वडा कार्यालयले भत्काउन आएको उनीहरूको गुनासो थियो।

आयोजक संस्थाका अध्यक्ष वेदप्रकाश खरेलले वडा कार्यालय र नगरपालिकाको टसलले यो क्षेत्रको विकासमा असर परेको बताए। बुढाथोकी टोलको उकालोमा भएको ढलान तीन महिना नबित्दै वडा नं– २ का वडा अध्यक्ष राम थापामगर र वडा नं ३ का वडाध्यक्ष प्रेम कुटुले ढलान फुटाउन खोजेको बताए।

वडा नं– ३ लाई पानी लैजानु प-यो भन्दै ढलान फुटाएर काट्न थालेपछि स्थानीयवासीले विरोध गरेका थिए। विरोधका कारण तत्कालका लागि भत्काउने काम रोकिएको उनले जानकारी दिए।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले नगरसभा नियमित हुन नसक्दा विकासका काम कार्यान्वयनमा आउन नसकेको बताए। नगरसभा सम्पन्न गर्न र बजेट ल्याउनका लागि सहजीकरण गरिरहेको बताउँदै उनले नगरसभा सम्पन्न नहुँदा थिमिको विकास पछाडि धकेलिएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .