फैलिँदो कोभिड १९ प्रकोपलाई मध्यनजर राख्दै पेन्सन पाकेकाहरुको असारसम्म स्वतः नवीकरण हुने भएको छ।
६÷६ महिनामा निवृत्तिभरण (पेन्सन) नवीकरण गर्नुपर्ने व्यवस्था रहे पनि असारसम्मलाई भने निवृत्तिभरण कार्यालयले स्वतः नवीकरण गरिदिने भएको हो।
महालेखा नियन्त्रक मधु मरासिनीका अनुसार निवृत्तिभरण प्राप्त गर्ने सरकारी सेवा निवृत्त व्यक्तिहरुको पेन्सन असार मसान्त २०७८ सम्मको लागि बैंकमा स्वयं उपस्थित भइरहन नपर्ने भएको हो।
उनले निवृत्तिभरण कार्यालयले नै उनीहरुको स्वतः नवीकरण गरिदिने प्रबन्ध मिलाएको बताए।
प्रतिक्रिया