ad ad

कारोबार


नगरपालिका संघ र इन्फ्रास्ट्रक्चर बैंकबीच पूर्वाधार लगानीसम्बन्धी समझदारी

नगरपालिका संघ र इन्फ्रास्ट्रक्चर बैंकबीच पूर्वाधार लगानीसम्बन्धी समझदारी

नेपालखबर
चैत ११, २०७७ बुधबार १३:१७,

नेपाल नगरपालिका संघ र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

नेपाल नगरपालिका संघको २८औँ स्थापना दिवसका अवसरमा आयोजित एक कार्यक्रममा नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा र नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरे। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थिति थिए।

नगरपालिकाको सामाजिक आवश्यकताहरू पूरा गर्न, भौतिक पूर्वाधारको निर्माण तथा संचालनबाट नगरबासीहरुको लागि दैनिक जनजीवनमा सहजीकरण गर्न र राष्ट्रको द्रुत आर्थिक बृद्धिलाई सहयोग पुर्‍याउन पूर्वाधार लगानीमा पर्याप्त बृद्धि हुनु पर्ने आवश्यकतालाई ध्यानमा राखी सो सहमति गरिएको बैंकले जनाएको छ।

यस्तै, नगरपालिका अन्तर्गतका सामाजिक तथा भौतिक पूर्वाधारका परियोजनाहरु पहिचान गर्नु र सम्भावित परियोजनाहरुमा वित्तीय तथा प्राबिधिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनौटका लागि आवश्यक सहयोग, बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुंजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट विभिन्न नगरपालिकामा पूर्वाधारका परियोजनाहरुको विकास तथा कार्यान्वयन गर्न समझदारी पत्रमा हस्ताक्षर भएको हो।

मुलुकको आर्थिक समृद्धिका लागि पूर्वधार परियोजनाहरुलाई आवश्यक सहयोग पुर्याउने उद्देश्य लिई, सार्वजनिक नीजि साझेदारीको अवधारणामा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नगरपालिका संघ सँगको सहकार्यलाई अझ प्रगाढ बनाउँदै आगामी दिनमा मुलुकका अन्य निकायहरुसँग समेत यसैगरी सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .