ad ad

कारोबार


महासंघ नेतृत्वको १०० दिन : भिजन पेपर तयार, बैंकिङ र मेलमिलाप केन्द्र बनाउने घोषणा

महासंघ नेतृत्वको १०० दिन : भिजन पेपर तयार, बैंकिङ र मेलमिलाप केन्द्र बनाउने घोषणा

नेपालखबर
फागुन २५, २०७७ मंगलबार १४:२९,

नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान कार्यकारिणी समितिको १०० दिन पुरा भएको छ। नयाँ कार्यकारिणी समितिको १०० दिन पुरा गरेको अबसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले भिजन पेपर तयार भएको र त्यही अनुसार महासंघ अघि बढ्ने जानकारी दिए।

अध्यक्ष गोल्छाले उद्योगीहरुको बैंकिङसम्बन्धी समस्या समाधानका लागि बैंकिङ समाधान केन्द्र सुरुवात गरिने समेत जानकारी दिए।

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान कार्यकारिणी समितिको १०० दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले उद्योगी, व्यवसायीहरुलाई बैंकसम्बन्धी विभिन्न समस्या आइपर्ने गरेकाले ति समस्याहरुलाई समाधान गर्नका निम्ति महासंघले नेपाल बैंक एशोसिएसनसँग सहकार्य गरेर बैंकिङ समाधान केन्द्र बनाउन लागेको बताएका हुन्। उनले उद्योगीहरुको श्रमसम्बन्धी समस्या समाधानका लागि पनि विज्ञ समुह बनाएर कानुनी परामर्श तथा सहयोग उपलब्ध गराउने बताए।

उनले भने ‘छुट्टै बैंकिङ समस्याको लागि एउटा संरचना तयार गरेका छौँ। यसमा हामीले नेपाल बैंक एशोसिएसनसँग सहकार्य गरेर उनीहरुको पनि सहभागिता हुनेगरी एमओयूमा हस्ताक्षर गर्दैछौँ। अब बैंकिङ सम्बन्धी कुनै समस्या भयो भने राष्ट्र बैंकमा जानुभन्दा पहिला हामीले त्यो समस्या समाधान गर्नका लागि एउटा बैंकिङ समाधान केन्द्र सुरुवात गरेका छौँ। कुनैपनि हाम्रा सदस्य साथीहरुलाई श्रमसम्बन्धी समस्या भयो भने हामी विज्ञ समुहमा राख्छौ र त्यो विज्ञ समुहमा कानुनी सल्लाहकारहरु पनि हुन्छन् र उनीहरुले कानुनी परामर्श दिनेछन् र समितिले सहयोग गर्नेछ।’

त्यस्तै व्यवसायीहरुबीच लेनदेन लगायतका कुनै समस्या निम्तिए समस्या समाधान गर्ने प्रयास स्वरुप मेलमिलाप केन्द्रको सुरुवात गरिएको पनि उनले जानकारी दिए।

अध्यक्ष गोल्छाले उद्योग वाणिज्य महासंघको भिजन पेपर १० दिनभित्र सार्वजनिक गर्ने समेत जानकारी दिए। उक्त भिजन पेपरमा १० प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि आधार तयार समेटिएको बताए। त्यसका साथै उद्योग तथा व्यवसायको विकास, रोजगारीको विकासलगायतका विषय पनि भिजन पेपरमा समेटिने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .