महाशिवरात्री तथा सेना दिवसको अवसरमा नेपाली सेनाले ‘आर्मी गट ट्यालेन्ट–२०७७’ प्रतियोगिताको आयोजना गरेको छ।
मंगलबार प्रधान सेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा जंगी अड्डामा आयोजित एक समारोहकाबीच प्रतियोगिताको दोस्रो संस्करणका विजयीलाई पुरस्कार प्रदान गरिएको छ।
सकलदर्जामा रहेको प्रतिभा पहिचान तथा प्रेरणा दिने उद्देश्यले आयोजना गरिने उक्त प्रतियोगितामा बिभिन्न पृतना हेडक्वाटर तथा अन्तरगत युनिटहरुबाट बिभिन्न विधामा छनौट भएका २६ जना प्रतियोगिहरु मध्ये केन्द्रीय तहको प्रतिष्पर्धाबाट १४ जना अन्तिम प्रतिष्पर्धाको लागि छनौट भएका थिए।
केन्द्रीय तहको छनौट समितिको निर्णय अनुसार सर्बोत्कृष्ट हुन सफल भएका प्रतियोगीहरुलाई प्रधान सेनापति थापाले नगद ५० हजार ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए।
जसमा बाध्यबाधन विधामा केशव मगर र थोम बहादुर गुरुङ, मूर्तिकला विधामा कौसीबहादुर बुढा, ह्याण्ड स्ट्याण्ड विधामा हरिचन्द्र गिरी, नृत्य कलामा कृष्ण श्रेष्ठ, सन्तुलन कलामा नितराज खतिवडा र पेन्टिङ विधामा खरुराम थापा मगर सर्वोत्कृष्ट भएका छन्।
प्रतिक्रिया