ad ad

कारोबार


चिनियाँ बैंकिङ प्रणालीको आलोचना गरेयता ज्याक माको अवस्था अज्ञात!

चिनियाँ बैंकिङ प्रणालीको आलोचना गरेयता ज्याक माको अवस्था अज्ञात!

नेपालखबर
पुस २०, २०७७ सोमबार ६:३७,

उनी कसैको सम्पर्कमा नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

अलिबाबाका संस्थापक अर्बपति ज्याक माले चिनियाँ बैंकिङ प्रणालीको आलोचना गरेयता उनको अवस्था अज्ञात रहेको बताइएको छ।

उनी आफैंले लगानी गरेको कार्यक्रम ‘अफ्रिका बिजनेस हिरोज’मा नदेखिएपछि र ट्वीटर मा सक्रिय उनी अक्टोबर १० यता सक्रिय नभएपछि झनै विभिन्न शंका र उपशंकाहरु उत्पन्न हुन थालेका छन्।

नोभेम्बरमा उक्त कार्यक्रमको फाइनलमा ज्याक मा निर्णायक बस्ने भनिएको थियो। तर पछि गएर उनको तस्बिर वेबसाइटबाटै हटाइएको थियो।

अलिबाबा कम्पनीले त्यसबेला मा व्यस्त भएका कारण उनी कार्यक्रममा आउन नसकेको प्रतिक्रिया जनाएको थियो।

Jack Ma disappears from his own talent show | Financial Times

यद्यपी माले चिनियाँ बैंकिङ प्रणालीको आलोचना गरेपछि चीन सरकार उनीसँग रुष्ट बनेको बताइएको छ। दुई महिनादेखि उनी हराएपछि यस विषयलाई चासोका साथ हेरिएको छ।

माले चिनियाँ बैंकिङ प्रणालीको ऋण सम्बन्धी नियमले उद्यमशीलता र आविष्कारको क्षेत्रमा असर पुर्याएको बताएका थिए। उनले चिनियाँ बैंकिङ प्रणालीलाई ‘पुराना मानिसहरुको क्लब’को संज्ञा दिएका थिए।

उनले हालको चीनको आर्थिक प्रणालीलाई नै परिवर्तन गर्नुपर्ने धारणा राखेका थिए।

ज्याक माले चिनियाँ बैंकिङ प्रणालीको आलोचना गरेपछि नै चीनले ज्याक माको कम्पनीलाई कारवाही गरेको थियो।

केही समयपछि नै चीनले नयाँ नियम बनाउँदै ज्याक माको कम्पनी एन्ट ग्रुपविरुद्ध अविश्वास रहेको बताउँदै अनुसन्धान थाल्यो। यसरी उनको कम्पनीलाई ठूलो घाटा लागेको बताइएको छ।

अलिबाबा अन्तर्गतको एन्ट ग्रुपलाई प्रतिस्पर्धा विरोधी गतिविधिमा संलग्न भएको अभियोग लागेको छ। फोर्ब्स, याहु र एजेन्सीको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .