ad ad

कारोबार


वेस्टर्न युनियनको दशैँको सौगात योजनामा पोखराकी कल्पनाले जितिन् १० लाख

वेस्टर्न युनियनको दशैँको सौगात योजनामा पोखराकी कल्पनाले जितिन् १० लाख

नेपालखबर
पुस २०, २०७७ सोमबार ६:३३,

वेस्टर्न युनियनले नेपालमा उपभोक्ता प्रवर्द्धन योजना ‘दशैंको सौगात’अन्तर्गत ‘बम्पर लक्की ड्र’का विजेता घोषणा गरेको छ।

काठमाडौंमा एक कार्यक्रमबीच सीजी फिन्कोबाट रकम प्राप्त गरेकी ‘बम्पर लक्की ड्र’की विजेता कल्पना शाहीलाई सीजी फिन्कोका डीजीएम नरबहादुर केसीले १० लाख हस्तान्तरण गरेका छन्। विजेता शाहीले सो रकम उत्पादनमूलक क्षेत्रमा लगानी गरी जीवनभर वेस्टर्न युनियन मनी ट्रान्सफरलाई सम्झिरहने बताइन्।

यो प्रवद्र्धन योजना दशैं, तिहार र छठ पर्वको अवसर पारेर अक्टुबरमा सार्वजनिक गरिएको थियो। योजनाअन्तर्गत हरेक हप्ता १० भाग्यशाली विजेताले २५ हजार जित्ने अवसर पाएका थिए। योजना अवधिभरका सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेता कारोबारबाहेक)लाई स्वचालित रूपमा ‘बम्पर लक्की ड्र’मा समावेश गरिएको थियो।

यो योजनामा सहभागी हुन नेपालका ग्राहकले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सीजी फिन्को लि., हुलास रेमिट्यान्स, माया रेमिट प्रालि, नबिल बैंक, डिजिटेक रेमिट्यान्स प्रालि र सूर्य रेमिट प्रालिबाट रकम प्राप्त गरेको हुनुपर्ने शर्त थियो।

“म सबै ग्राहकप्रति आभारी छु, जसले कडा मेहनत गरेर कमाएको पैसा नेपालमा रहेका आफन्तसम्म पु¥याउन वेस्टर्न युनियनमा विश्वास गर्नुहुन्छ,” वेस्टर्न युनियन दक्षिण एसियाका सिनियर कन्ट्री म्यानेजर एसएस रमानाथनले भने, “यही विश्वासले हामी र हाम्रा एजेन्टहरूलाई विभिन्न ग्राहकका आवश्यकता पूरा गर्न निरन्तर प्रोत्साहन गर्दछ।” उनले विजेतालाई बधाई पनि दिए।

कोभिड–१९ ले निम्त्याएको सामाजिक तथा आर्थिक प्रतिकूलतासँग सारा संसार संघर्षरत रहिरहँदा पोखराकी कल्पना शाहीले भने सुखद खबर सुन्न पाइन्। वेस्टर्न युनियन तथा सीजी फिन्कोअन्तर्गत रु. १० लाख जितेको समाचार सुन्दा शुरुमा उनलाई पत्यारै लागेन। साथीभाइहरूले यो खबर झुटो हुन सक्ने भनी उनलाई सचेत पनि गराए। दुबईमा रहेका उनका श्रीमान्ले उल्टै प्रश्न गरे, “अझ यस्तो महामारीका बेला पनि कसैले पुरस्कार दिन्छ ?”

आफन्त र साथीभाइका यस्तै शंकाले उनी केही दिन अलमलमै रहिन्। सीजी फिन्कोबाट फोन आएपछि भने उनी ढुक्क भइन्। रु. १० लाख जितेको खबरमा उनले बल्ल हर्ष मनाइन्।

दुबईमा रहेका श्रीमान्ले दशैं खर्चका लागि कल्पनालाई वेस्टर्न युनियनमार्फत रकम पठाएका थिए। कल्पनाले उक्त रकम पोखराकै सीजी फिन्कोबाट भुक्तानी लिएपछि उनी ‘लक्की ड्र’मा समावेश भएकी थिइन्। रु. १० लाख बराबरको पुरस्कार रकम बुझ्दा कल्पना निकै उत्साहित देखिन्थिन्।

पोखरामै सानो व्यवसाय सम्हाल्दै १४ वर्षीय छोरासँग जीवन गुजारिरहेकी कल्पनाका श्रीमान् दुबईमा अपरेटरका रूपमा काम गर्छन्।

कल्पना रकम लिन सीजी फिन्कोका कर्मचारीको सहयोगमा काठमाडौं आएकी थिइन्। चेक बुझेपछि उनले पुरस्कार रकम उत्पादनमूलक व्यवसायमा लगाउने योजना सुनाइन्।

यस्ता पुरस्कारहरु केवल व्यापारिक आकर्षणमात्र नभई सामाजिक रुपान्तरणका पनि हिस्सा भएको बताउँदै सीजी फिन्कोका डीजीएम नरबहादुर केसीले समाजप्रतिको दायित्वलाई लिएर सीजी फिन्को र वेस्टर्न युनियन सधैं सजग रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .