ad ad

कारोबार


सेलपेका ग्राहकको भुक्तानी पहुँच अब फोनपे नेटवर्कका डेढ लाख बढी मर्चेन्टसम्म

सेलपेका ग्राहकको भुक्तानी पहुँच अब फोनपे नेटवर्कका डेढ लाख बढी मर्चेन्टसम्म

नेपालखबर
मंसिर २८, २०७७ आइतबार १३:२०,

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालि (सेलपे) तथा नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा सञ्चालक फोनपे पेमेन्ट सर्भिस लि. (फोनपे) बीच सहकार्य गर्ने सम्झौता भएको छ।

योसँगै सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कका सम्पूर्ण मर्चेन्टहरुमा भुक्तानी गर्न सक्ने भएका छन्।

सेलपेका ग्राहकहरुले उक्त मर्चेन्टहरुमा भुक्तानी गर्दा उपलब्ध ग्राहक योजनाहरुको फाइदा उठाउन सक्नुका साथै हरेक क्युआर भुक्तानीमा रिवार्ड पोइन्टस पनि पाउनेछन्।

उक्त सम्झौतापत्रमा सेलकम प्रालिका प्रबन्धनिर्देशक पवन प्रधान तथा फोनपे पेमेन्ट सर्भिस लि. का तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले हस्ताक्षर गरेका हुन्।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्नको लागि ग्राहकहरुको सुरक्षा र आवश्यकताहरुलाई ध्यानमा राखी सकेसम्म नगद कारोबार नगरी डिजिटल कारोबार गर्न सकियोस् भनी यो सहकार्य गरिएको कम्पनीले जनाएको छ।

साथै यस सहकार्यले सेलपे तथा फोनपेको एक अर्काका सेवाहरुबीच अन्तराबद्धता भई ग्राहकहरुले अत्यधिक फाइदा उठाउन सक्नेछन्।

यस सहकार्यअन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कमा आबद्ध रहेका करिब १ लाख ६० हजार मर्चेन्टहरुमा भुक्तानी गर्न सक्नेछन्।

सेलपेका ग्राहकहरुले उक्त मर्चेन्टहरुबाट कुनै पनि सामान वा सेवा खरिद गर्दा सेलपे एपबाट उक्त मर्चेन्टमा रहेको फोनपे क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्।

सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा रहेको कम्पनीले जनाएकोा छ।

वास्तविक समयमा भुक्तानी, विना वालेट कारोबार गर्न सकिने, सरल एवं सुरक्षित र लोयल्टी पोइन्टस पाइनेलगायत सेलपेका थुप्रै सुविधा छन्।

सेलपेबाट विभिन्न दूरसञ्चार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, स्वदेशभित्र गरिने रेमिट्यान्स पठाउन/पाउन, बिमा रकम भुक्तानी, ईएमआई भुक्तानी, विभिन्न पसल तथा रेष्टुरेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, सरकारी दस्तुरहरुको भुक्तानी, पी२पी, पी२बी, बी२पी, बी२बी आदि वास्तविक समयमा गर्न सकिन्छ।

सेलपेमार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणालीमार्फत सम्पन्न हुन्छ। सेलपे सेवासँग आबद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .