ad ad

कारोबार


अमलेखगन्जमा अब पेट्रोल पनि पाइपलाइनबाटै आयात गरिने

अमलेखगन्जमा अब पेट्रोल पनि पाइपलाइनबाटै आयात गरिने

नेपालखबर
मंसिर २०, २०७७ शनिबार ४:१८,

अमलेखगन्ज-मोतीहारी पेट्रोलियम पाइपलाइनबाट अब पेट्रोल पनि आयात गर्ने तयारी आयल निगमले थालेको छ।

१५ महिनादेखि भारतबाट डिजेल मात्रै आयात गरिरहेको निगमले अबको करिब ८ महिनापछि पेट्रोल पनि ल्याउने तयारी अघि बढाएको हो।

त्यसका लागि भारतीय आयल कर्पोरेसन (आइओसी) सँग छफल भइरहेको निगमले जनाएको छ। आइओसीले मोतीहारीमा भर्टिकल ट्यांक बनाएलगत्तै पाइपलाइनबाटै पेट्रोल आयात हुने निगमको अमलेखगन्जस्थित २ नम्बर प्रादेशिक कार्यालय प्रमुख भरत रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार पेट्रोल भण्डारणको लागि अमलेखगन्जमा ४२–४२ लाख लिटर क्षमताका थप दुई वटा पेट्रोल ट्यांक, ३०–३० लाख लिटर क्षमताका दुई वटा पानी ट्यांक, अत्याधुनिक प्रयोगशाला लगायतका संरचना निर्माण हुनेछन्। ट्यांक निर्माण पूरा भएपछि मोतोहारीबाट पम्पिङ गरेर पेट्रोल आयात गरिने छ।

पूर्वाधार निर्माणका लागि निगम सञ्चालक समितिले पानै २ अर्ब रुपैयाँ बजेट स्वीकृत गरिसकेको रेग्मीले जानकारी दिए। पाइपलाइनबाट प्रतिघण्टा बढीमा ४ लाख लिटर पेट्रोल आयात गर्न सकिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .