ad ad

समाज


पाँच हजार अमेरिकी डलरको अत्ता उर रहमान अवार्ड नेपालका वैज्ञानिक डा. गिरीलाई

पाँच हजार अमेरिकी डलरको अत्ता उर रहमान अवार्ड नेपालका वैज्ञानिक डा. गिरीलाई

नेपालखबर
मंसिर २०, २०७७ शनिबार ३:४५,

द वर्ल्ड एकेडेमी अफ साइन्सेस (ट्वास) ले यो वर्षको अत्ता उर रहमान अवार्ड काठमाडौं इन्स्टिच्युट अफ एप्लाइड साइन्सेस (किआस) का वैज्ञानिक डा. वसन्त गिरीलाई प्रदान गरेको छ।

ट्वासले हरेक वर्ष विकासोन्मुख मुलुकमा बसेर अनुसन्धान गर्ने युवा वैज्ञानिकलाई अत्ता उर रहमान अवार्ड दिने गरेको छ।

विज्ञान तथा प्रविधिको क्षेत्रमा पछि परेका ६६ वटा विकासोन्मुख देशमा बसेर अनुसन्धान गर्ने ४० वर्षभन्दा कम उमेरका रसायनशास्त्रीलाई यो अवार्ड प्रदान गरिन्छ।

अवार्ड प्राप्त गर्ने वैज्ञानिकले ५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्छन्।

जैविक, रसायन, वातावरणीय तथा क्लिनिकल कार्यको विश्लेषणमा प्रयोग हुने सस्तो उपकरणको विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै ट्वासले डा. गिरीलाई अवार्ड प्रदान गरेको हो।

डा. भानु न्यौपानेसँग मिलेर उनले स्मार्ट फोनबाटै हैजा गराउने परजीवी पत्ता लगाउने उपकरण बनाएका थिए।

डा. गिरी नेसनल युथ एकेडेमी नेपालका अध्यक्ष हुन्।

याे पनि :  नेपालीले बनाए स्मार्टफोन माइक्राेस्काेप: झाडापखाला गराउने परजीवी माेबाइलबाटै पत्ता लाग्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .