ad ad

समाज


घरमा दुईवटी पत्नी हुँदाहुँदै वडाध्यक्षले गरे तेस्रो विवाह, कान्छी पत्नीसहित वडाध्यक्ष पक्राउ

घरमा दुईवटी पत्नी हुँदाहुँदै वडाध्यक्षले गरे तेस्रो विवाह, कान्छी पत्नीसहित वडाध्यक्ष पक्राउ

नेपालखबर
मंसिर २०, २०७७ शनिबार ४:४०,

सल्यानको वनगाड कुपिण्डे नगरपालिकाका वडाध्यक्ष इन्द्रबहादुर कुमाइले घरमा दुईवटी पत्नी हुँदाहुँदै तेस्रो विवाह गरेका छन्।

वनगाड कुपिण्डे नगरपालिका- ९ का वडाध्यक्ष कुमाइले सोही ठाउँकी ग्वामी विष्टलाई तेस्रो पत्नीको रुपमा घर भित्र्याएपछि प्रहरीले पक्राउ गरेको छ।

वडाध्यक्ष कुमाइसहित उनकी कान्छी पत्नी ग्वामीलाई शुक्रबार साँझ स्थानीय जयतपानी बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

वडाध्यक्ष कुमाइका दुई पत्नी र उनीहरुबाट जन्मिएका चार सन्तान घरमै छन्। घरमा दुई पत्नी र छोराछोरी हुँदाहुँदै तेस्रो विवाह गरेको भन्दै स्थानीयले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए।

उनीहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .