ad ad

कारोबार


सिटिजन लाइफले १५० प्रतिशतले बढायो जीवन बीमा कोष

सिटिजन लाइफले १५० प्रतिशतले बढायो जीवन बीमा कोष

नेपालखबर
मंसिर ३, २०७७ बुधबार ८:२८,

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ को पहिलो त्रैमासिक (आश्विन मसान्त)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै त्यसमा १५० प्रतिशतले वृद्धि गरेको छ।

गत आवको आश्विन मसान्तमा कम्पनीको जीवन बीमा कोष ८० करोड ३८ लाख रुपैयाँ रहेकोमा यस आश्विन मसान्तमा सो रकम २ अर्ब ८२ लाख पुगेको छ।
यसका साथै कम्पनीले गत आवको आश्विन मसान्तसम्ममा कुल बीमा शुल्क ३३ करोड ९४ लाख संकलन गरेकोमा यस आवको सोही अवधिमा ६२ करोड ८ लाख संकलन गर्न सफल भएको छ।

यसरी हेर्दा बीमा शुल्क आर्जन ८३ प्रतिशतले बढेको हो। समीक्षा अवधिमा जीवन बीमा कोषमा १५० प्रतिशतको वृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि ४१ करोड ५१ लाखबाट ४२ प्रतिशतले बढाएर ५९ करोड १० लाख रुपैयाँ पुर्याएको छ।

कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ४७ प्रतिशतको वृद्धी गरी १० करोड ९६ लाख पु¥याएको छ।

जीवन बीमा व्यवसायमालगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम ४ अर्ब ५१ करोडमध्ये करिब ८८.३१ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्दती निक्षेपमा लगानी गर्न सफल भएको छ । यसअघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधारस्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने कम्पनीको दाबी छ।

आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्देश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना बढाउन विद्यार्थीसँग बीमाजस्ता विभिन्न कार्यक्रमहरुलगायत नवीनतम बीमा योजना र व्यावसायिक तथा दक्ष सिटिजन लिडरहरुसहितको सिटिजन टिममार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .