पर्यटन बोर्ड शुक्रबारबाट दिनको दुई घण्टा मात्रै खुल्ने भएको छ। दसैँको सार्वजनिक विदा हुँदा विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला रहने भएको हो।
बोर्डले सूचना जारी गर्दै पदयात्राको लागि भिषा सिफारिस डेस्क दशमी (कर्तिक १० गते)बाहेक ४ दिन २ घण्टा खुल्ने जनाएको छ। कार्तिक १२ गतेबाट नियमित रुपमा सेवा सुचारु हुने उल्लेख गरेको छ।
सरकारले हिमाल आरोहण र पदयात्राका लागि विदेशी पर्यटकलाई भिषा खुल्ला गरेपनि पर्यटन बोर्ड र पर्यटन विभागसँग सिफारिस ल्याउनुपर्ने व्यवस्था गरेको छ।
पर्यटन बोर्डले नेपालमा पदयात्राका लागि आउने पर्यटकलाई भिषा सहजिकरण गर्न अध्यागमन विभागलाई निवेदन पठाउने गरेको छ।
सरकारले कोभिड १९ का कारण हिमाल आरोहण र पदयात्रा बाहेक अन्य प्रयोजनका लागि भिषा खुलाएको छैन।
33
Shares
प्रतिक्रिया