ad ad

कारोबार


दायुन युइहु सब-कम्प्याक्ट एसयूभी नेपाली बजारमा, मूल्य ३१ लाख

दायुन युइहु सब-कम्प्याक्ट एसयूभी नेपाली बजारमा, मूल्य ३१ लाख

नेपालखबर
असोज ८, २०८१ मंगलबार १६:३८, काठमाडौँ

सीजी मोटर्सले दायुन युइहु सब-कम्प्याक्ट एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ।

दायुन युइहु नेपालको बाटोलाई सुहाउँदो र पर्फेक्ट रहेको सीजी मोटर्सले जनाएको छ। 

कम्पनीका अनुसार दायुन युइहुमा ३५ किलोवाटको मोटर रहेको छ जसले १०५ एन.एम. को टर्क जेनेरेट गर्दछ भने यसमा ३०.६६ किलोवाटआवरको ब्याट्री पाउन सकिन्छ।

उक्त ब्याट्रीले ३०० किलोमिटर रेञ्ज प्रदान गर्दछ भने २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न डीसी चार्जर मार्फत ५० मिनेटभन्दा कम लाग्दछ। दायुन युइहुको मोटर र ब्याट्रीमा उत्कृष्ट ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेण्टी पाउन सकिन्छ भने यसको च्यासिसमा कम्पनीले ५ वर्ष वा १ लाख २० हजार किलोमिटरको वारेण्टी प्रदान गरेको छ।

दायुन युइहु सब-कम्प्याक्ट एसयूभी मा उत्कृष्ट २०१ एम.एम. को ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ। साथसाथै उक्त गाडी फिचर्सहरुले पनि भरिपूर्ण रहेको छ। ७ इन्चको इन्सट्रुमेन्ट क्लस्टर, किलेस इन्ट्री, टाएर प्रेशर मनिटरीङ्ग सिस्टम, एयरब्याग, ए.बि.एस., इ.बि.डि., हिल स्टार्ट एसीस्ट कन्ट्रोल, अटोमेटिक हेडल्याम्प, वन टच विन्डो, पार्किङ्ग रेडार र क्रुज कन्ट्रोल जस्ता फिचर्सहरु उक्त गाडीमा समावेश गरिएको छ।

नेपाली बजारमा इलेक्ट्रिक भेहिकलहरुको बढ्दो मागलाई ध्यानमा राखी सीजी मोटर्सले नेपालका विभिन्न स्थानमा २०० भन्दा धेरै चार्जिङ्ग स्टेशनहरु स्थापना गरिसकेको छ र यो संख्या अझै बढ्दो क्रममा रहेको छ।

दायुन युइहु सब-कम्प्याक्ट एसयूभीमा जीबीटी. प्रणालीको चार्जिङ्ग प्वाइन्ट रहेको हुनाले सीजी मोटर्सले सञ्चालनमा ल्याइसकेका चार्जिङ्ग स्टेशनहरु मार्फत नेपालभर ढुक्कसँग यात्रा गर्न सकिनेछ। दायुन युइहु सब-कम्प्याक्ट एसयूभीको मूल्य ३१ लाख रुपैयाँ रहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .