राज्यको क्वाङ ट्रि, थुवा थिएन ह्यु, क्वाङ नाम लगायतका प्रान्तमा गत साताको अन्तमा परेको वर्षाका कारण कम्तीमा ५९ हजार ३०० घर परिवारका कम्तीमा दुई लाख छ हजार ८०० व्यक्तिलाई सुरक्षित स्थलमा सारिएको छ।
हा तिन्ह र क्वाङ न्हि प्रान्तमा कम्तिमा ४६ हजार ८०० घरहरू डुबानमा परेका र कम्तीमा छ लाख ९१ हजार १०० चौपाया मरेका वा बाढीले बगाएका बताइएको छ।
भियतनामको उद्योग तथा व्यापार मन्त्रालयका अनुसार विस्थापितलाई पुनः स्थापनाका कामहरू थालिसकिएको छ भने व्यवसायिक अनियमितता हुन नदिन अनुगमनलाई कडा पारिएको छ।
मौसम विज्ञान विभागले हा तिन्ह, क्वाङ विन्ह, क्वाङ त्री र थुवा थेन हुवा क्षेत्रमा अझै पहिरो र डुबानको उच्च जोखिम रहेको चेतावनी दिएको छ। एजेन्सी
54
Shares
प्रतिक्रिया