ad ad

कारोबार


विदेशमा रहेका नेपालीले पनि मोबाइल वालेटबाट पैसा पठाउन पाउने

विदेशमा रहेका नेपालीले पनि मोबाइल वालेटबाट पैसा पठाउन पाउने

नेपालखबर
असोज ५, २०७७ सोमबार ११:२०,

विदेशमा रहेका नेपालीहरुले अब डिजिटल माध्यमबाटै रेमिट्यान्स पठाउन सकिने भएको छ। नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउन पाउने व्यवस्था गरिदिएको हो।

नेपाल राष्ट्र बैंक सूचना जारी गर्दै विदेशमा रहेका नेपालीहरुले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलोक्ट्रोनिक कार्ड र डिजिटल वालेटहरुमार्फत रहेका आफन्तहरुको खातामा पैसा पठाउन पाउने व्यवस्था गरिएको जानकारी गराएको छ।

यसको लागि विप्रेषण सेवा प्रदायकहरुले विदेशमा रहेको डिजिटल पेमेन्ट गर्ने संस्थासँग सहकार्य गर्नुपर्ने हुन्छ।

हालसम्म बैंक खातामा वा रेमिट्यान्स कम्पनीबाट मात्रै नेपालमा पैसा पठाउन पाइने व्यवस्था थियो। अब रेमिट्यान्स सेवा सुरु गरेका वालेटहरुमा विदेशबाट सिधै पैसा पठाउन सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .