ad ad

समाज


बिल गेट्स भन्छन्ः अमेरिकामा २४ घण्टामा पनि कोरोनाको रिपोर्ट नआउनु लज्जास्पद

बिल गेट्स भन्छन्ः अमेरिकामा २४ घण्टामा पनि कोरोनाको रिपोर्ट नआउनु लज्जास्पद

नेपालखबर
असोज ५, २०७७ सोमबार ११:१६,

‘अमेरिकामा आज पनि कोरोना परीक्षण गराएका व्यक्तिले २४ घण्टाभित्र रिपोर्ट प्राप्त गर्दैनन्’ खर्बपति बिल गेट्सले फक्स न्युजसँग भनेका छन्,‘यो लज्जास्पद र अपमानजनक विषय हो।’

अमेरिकामा सबैभन्दा बढी कोरोना परीक्षण गर्ने मेसिन हुँदा पनि परीक्षणको नतिजा ढिला आउनु कमजोरी भएको र यो माफीयोग्य विषय नभएको गेट्सको टिप्पणी छ।

उनले सो क्रममा आफ्नो द बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले कोरोनाविरुद्धको भ्याक्सिन बनाउने प्रयत्नमा सहयोग पुर्याइरहेको जानकारी दिए।

गेट्सको फाउन्डेसनले जर्मन बायोटेक कम्पनी ‘क्युअरभ्याक’ लाई सहयोग गरिरहेको छ।

यस कम्पनीले बनाएको एउटा खोपले हालैमात्र मानव परीक्षणका लागि स्वीकृति प्राप्त गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .