ad ad

कारोबार


विद्युत् प्राधिकरणको ३५औँ वार्षिकोत्सव : कुलमानको नेतृत्वमा पायो यस्तो सफलता

विद्युत् प्राधिकरणको ३५औँ वार्षिकोत्सव : कुलमानको नेतृत्वमा पायो यस्तो सफलता

नेपालखबर
भदौ १, २०७७ सोमबार ७:३९,

नेपाल विद्युत् प्राधिकरणले ३५औँ वार्षिक उत्सव मनाएको छ। ३५औँ वर्ष पूरा गर्दा नेपाल विदुत प्राधिकरणले आफ्नो वित्तीय अवस्थामा व्यापक सुधार गरेको छ।

कुलमान घिसिङ कार्यकारी निर्देशक बनेपछि चुहावट नियन्त्रण, लोडसेडिङ हटाउन तथा घाटामा चुर्लुम्म प्राधिकरणले नाफा आर्जन गर्नथालेको छ।

काेराेना महामारीका कारण यसपटक निर्देशक घिसिङसहित प्राधिकरणका अधिकारीहरूले भर्चुअल रूपमा ३५औँ वार्षिकाेत्सव मनाएका हुन्। 

NEA 35 years

आर्थिक वर्ष २०७२/०७३ सालसम्म वार्षिक ८ अर्ब ८९ करोड घाटामा रहेको प्राधिकरणले गत आर्थिक वर्ष २०७६/०७७ मा ११ अर्ब नाफा कमाएको छ। यो नाफा सरकारी संस्थानहरुको सबैभन्दा बढी रहेको समेत प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक परिर्वतन भएपछि पनि वित्तीय अवस्था सुध्रिएको प्राधिकरणको तथ्यांकले देखाएको छ। त्यस्तै २०७२/०७३ मा ग्राहक संख्या २९ लाख ६९ हजार रहेकोमा अहिले ४२ लाख पुगेको छ।

यो पनिः
विद्युत् प्राधिकरणमा अँध्यारोबाट सुरु भएको कुलमानको यात्रा : अझै अघि बढ्ला कि टुंगिएला?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .