ad ad

राजनीति


संवैधानिक नियुक्तिबारे सत्तारुढ-प्रतिपक्ष बैठक: देउवाले भने- हामी छलफल गर्न तयार छौं

संवैधानिक नियुक्तिबारे सत्तारुढ-प्रतिपक्ष बैठक: देउवाले भने- हामी छलफल गर्न तयार छौं

नेपालखबर
भदौ १, २०७७ सोमबार ७:४५,

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा संवैधानिक निकायहरुमा नियुक्तिका लागि संवैधानिक परिषद्को बैठकको विषय लगायतबारे छलफल भएको थियो।

संवैधानिक परिषद्को सदस्य रहने प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका देउवासँग कांग्रेस नेता रमेश लेखक सहभागी थिए भने नेकपाबाट दुई अध्यक्षसँगै पूर्वसभामुख सुवास नेम्वाङ सहभागी थिए।

‘सरकारले संवैधानिक परिषद्को बैठकबारे छलफल गर्न भनी बोलाएको हो। हामीले कोभिड–१९ र बाढी पहिरोको विषयमा पनि ध्यानाकर्षण गरायौं,’ लेखकले नेपालखबरसँग भने, ‘कोरोना महामारीमा सरकारले जति गर्नुपथ्र्यो त्यति गरेन, बाढि पहिरोमा पनि जति सचेतना अपनाउनु पथ्र्यो त्यति गरेको देखिएन, त्यसप्रति हामीले सरकारलाई गम्भीर हुन भनेको छौं।’

प्रधानमन्त्रीले संवैधानिक परिषद्बारे छलफल गर्न प्रस्ताव गरेकोमा आफूहरु त्यसमा तयार रहेको जानकारी दिए।

‘हामी तयार छौं भन्यौं, यसबारे छलफल सुरु भएको छ, छिटै अगाडी बढ्ला,’ उनले भने।

याे पनि: 
ओली, प्रचण्ड र देउवाबीच बालुवाटारमा छलफल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .