ad ad

कारोबार


तीन कार्यदिनमै सिटिजन्स बैंकबाट साना तथा मझौला कर्जा पाइने

तीन कार्यदिनमै सिटिजन्स बैंकबाट साना तथा मझौला कर्जा पाइने

नेपालखबर
साउन १४, २०७७ बुधबार १६:३७,

सिटिजन्स बैंकले ग्राहकहरूलाई ‘सिटिजन्स घर कर्जा योजना’ र साना तथा मझौला कर्जा सार्वजनिक गरेको छ।

यस घर कर्जा योजनाअन्तर्गत ग्राहकहरूले नौ दशमलव ५० प्रतिशत वार्षिक ब्याजदरमा नै जग्गा÷घर खरिद गर्न तथा घर निर्माण गर्न कर्जा प्राप्त गर्नसक्ने बैंकले जानकारी दिएको छ।

कोरोना भाइरसले सिर्जना गरेको विषम परिस्थितिको बाबजुद पनि कर्जालाई सरल र सहज तरिकाले उपलब्ध गराउन बैंकले यो आकर्षक योजना सार्वजनिक गरेको हो।

ग्राहकहरूले कागजात पेश गरेको तीन कार्य दिनभित्र निर्णय हुने सरल प्रक्रियासहितको यस २५ वर्षसम्मको समयावधि भएको योजनाअन्तर्गत घर कर्जा लिने सम्पूर्ण ग्राहकहरूलाई निःशुल्क क्रेडिट कार्ड प्रदान गरिने बैंकले जनाएको छ।

यस आर्कषक घर कर्जा योजनाबाट ग्राहकहरूको जीवनमा खुसीयाली थपिने अपेक्षा बैंकले लिएको छ । छोटो समयावधिको लागि सञ्चालनमा ल्याइएको यो योजनाबाट लाभन्वित हुन तथा थप जानकारीका लागि बैंकको देशैभरि रहेको नजिकैको शााखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

यसका साथ साथै बैंकले सिटिजन्स मोटर्गेज लोन (व्यक्तिगत कर्जा) १० दशमलव ९९ प्रतिशत वार्षिक ब्याजदरमा उपलब्ध गराउनेछ । राज्यले लिएको विभिन्न किसिमका कर्जाहरूका लागि सजिलो ढंगले उत्साहपूर्ण किसिमले प्रवाह गर्न देशैभरि छरिएका बैंकका एक सय नौवटा शाखाहरूबाट कार्यारम्भ समेत थालिएको छ । सोको लागि आवश्यक तयारी गरिसकेको बैंकले जानकारी दिएको छ ।

बैंकले हाल एक सय नौ वटा ९८ वटा एटीएम र एक सय चारवटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब साढे छ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .