ad ad

कारोबार


सिद्धार्थ बैंकले साढे ९ प्रतिशत ब्याजमा मझौला कर्जा दिने

सिद्धार्थ बैंकले साढे ९ प्रतिशत ब्याजमा मझौला कर्जा दिने

नेपालखबर
साउन १४, २०७७ बुधबार १६:२५,

सिद्धार्थ बैंक लिमिटेडले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै एसएमई कर्जा अर्थात् साना तथा मझौला कर्जामा आकर्षक योजना ल्याएको छ।

बैंकका अनुसार यो योजनाअन्तर्गत ग्राहकहरूले नौ दशमलव पाँच प्रतिशत वार्षिक ब्याजदरमा नै एसएमई कर्जा प्राप्त गर्न सक्नेछन्।

कोभिड १९ महामारीले अर्थव्यवसायमा परिरहेको असहज परिस्थितिका बाबजुद पनि कर्जा सुविधालाई सहजीकरण गर्न ‘उद्देश्यकोे जस्तोसुकै परिस्थिति होस्, नरोकियोस् केही गर्ने जोस’ भन्ने नारासहित यो योजना ल्याएको हो । सीमित अवधिको लागि ल्याइएको यस योजनाबाट सम्बन्धित सबै पक्षले लाभ लिनसक्ने बैंकले अपेक्षा लिएको छ ।

यो योजनाले देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेका साना तथा मझौला व्यवसायहरूलाई टेवा पु¥याउने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .