ad ad

कारोबार


बाढी पहिराेका कारण बैंकको पैसा तिर्ने अवधि एक महिना थप

बाढी पहिराेका कारण बैंकको पैसा तिर्ने अवधि एक महिना थप

नेपालखबर
असार ३०, २०७६ सोमबार १३:४८,

ऋणीहरूले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्ने अवधि एक महिना थप भएको छ। नेपाल राष्ट्र बैंकले सावाँ र ब्याजको किस्ता तिर्ने म्याद एक महिनाको लागि थप गरिदिएको हो।

देशका विभिन्न भागमा आएको बाढी पहिरोको कारण म्याद थप गरिएको राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकले बाढी पहिरोको कारण सावाँ र ब्याजको किस्ता रकम भुक्तानीमा कठिनाई हुन सक्ने भन्दै असार मसान्तसम्म तिर्नुपर्ने किस्ता रकम साउन मसान्तसम्म तिर्दा हुने र त्यसलाई बैंकहरुले नियमकारी कोषमा जम्मा गर्नु नपर्ने व्यवस्था गरिदिएको हो। आर्थिक वर्षको अन्तिम समय भएकोले बैंकबाट लिइएको ऋण तिर्ने समयमा बाढी पहिरो आएकाले 'क', 'ख' र 'ग' वर्गको जुनसुकै बैंकको ऋण तिर्ने समय  सारिएको राष्ट्र बैंकले जनाएको छ।

nrb

यस्तै केन्द्रीय बैंकले आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र प्राप्त भएको ब्याज रकम नियमनकारी कोषमा जम्मा गर्नु नपर्ने व्यवस्थालाई आर्थिक वर्षको समापनलाई मध्यनजर गर्दै १ महिना बनाएको सर्कुलरमा उल्लेख छ। अहिलेको व्यवस्थामा आर्थिक वर्ष सकिएको १५ दिनसम्म बैंकको ब्याज तिर्दा बैंकहरुले अघिल्लो वर्ष तिरेको समेतगरी मिलाउने छुट थियो। अब १ महिनासम्म प्राप्त भएको ब्याजलाई त्यसरी मिलाउन पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .