ज्योति विकास बैंकले बैंकका नायव महाप्रवन्धक पारस राज कंडेललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीको सेवा अवधि यही वैशाख १५ गते देखि समाप्त हुने बैंकले जनाएको छ।
बैंकको गत बुधबार बसेको सञ्चालक समितिको बैठकले अर्को निर्णय नहुन्जेल सम्मको लागि बैंकका नायव महाप्रवन्धक श्री पारस राज कंडेललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको विज्ञप्तिमार्फत जनाएको छ।
प्रतिक्रिया