गोल्यान ग्रुपले रुकुम पश्चिममा निर्माणाधीन अस्पताललाई कोरोना भाइरसबाट बचाउने सामाग्री हस्तान्तरण गरेको छ।
गोल्यान ग्रुपका अनुसार उक्त अस्पतालाई ५० थान पीपीई सेट प्रदान गरिएको हो। कर्णाली प्रदेशमा निर्माणाधीन अस्पताल भवन सञ्चालनको तयारीमा रहेकोले तत्काल उपयोगी हुने ठानेर ति सामग्री प्रदान गरिएको गोल्यान ग्रुपले जनाएको छ।
ग्रुपका वित्तीय प्रमुख सन्तोष प्रसाद पौड्यालले उक्त क्षेत्रका प्रतिनिधि सभा सांसद जनार्दन शर्मालाई प्रदान गरेका हुन्।
प्रतिक्रिया